
गोविन्द महतो / जनकपुरधाम
मधेश प्रदेश सभाको सचिवमा वासु प्रसाद कोइराला नियुक्त भएका छ्न । लामो समय देखि प्रदेश सभा सचिव विहिनको अवस्थामा रहदा कामकाजमा कठिनाइ भैरहेको बेला प्रदेश सभाको सचिवमा कोइराला नियुक्त भएका हुन् ।
महोत्तरी बर्दिवास नगरपालिका १२ निवासी कोइराला अवकास प्राप्त कर्मचारी हुन् । मधेश प्रदेश प्रमुखको कार्यालयबाट जारी बिग्य्पतिमा नेपालको सविधानको धारा १९५ को (१ ) बमोजिम कोइराला नियुक्त भएका हुन ।
नियुक्त कोइरालालाई आजै प्रदेश प्रमुख सुमित्रा सुवेदी भन्डारी समक्ष सभामुख रामचन्द्र मण्डलले सपथ खुवाएका हुन् ।