गोविन्द महतो / जनकपुरधाम

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट सवा ३ बजे राति १० जना कैदी फरार भएका छन् । धनुषा प्रहरीको नयाँ भवनबाट १० फिट माथिको भेन्टिलेशनको रड काटेर १० जना कैदी फरार भएका मध्ये एक जना पक्राउ गरेका छन् ।

प्रहरीको हिरासत कक्षबाट भाग्नेहरुमा धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका २० रुपैठा हाल काठमाण्डौं चावहिल गणेश मन्दिर नजिक बस्ने २५ वर्षिय अमित कुमार झा (लागु औषध), धनुषाको विदेह नगरपालिका ७ गिद्धाका २६ वर्षिय रञ्जित मण्डल (लागु औषध), सोही स्थान बस्ने २४ वर्षिय रोशन कुमार मण्डल, सिरहा जिल्ला सिरहा नगरपालिका १३ बस्ने ३३ वर्षिय अभास्कर कुमार यादव (लागु औषध) र धनुषाको औरही नगरपालिका २ बस्ने २३ वर्षिय विशाल मुखिया फरार भएका छन् ।

यसैगरी अन्य फरार हुनेहरुमा धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका १ बस्ने १७ वर्षका सुमित मेस्तर नावालक (अभद्र व्यवहार), धनुषा जिल्ला नगराईन नगरपालिका २ बस्ने १८ वर्षिय मनिष मण्डल (अभद्र व्यवहार) र धनुषा जिल्ला जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने २२ वर्षिय विक्की कार्की रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

धनुषाको हिरासत कक्षको डियूटीमा प्रहरी सहायक निरिक्षकको कमाण्डमा ७ सदस्यीय टोली रहने गरेको श्रोतको दाबी छ । हिरासतबाट फरार अभियुक्त खोज्न सिमा क्षेत्र तथा जिल्ला अन्य स्थानहरुमा व्यापक प्रहरी परिचालन गरी खोजी कार्य तिव्र गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

२०८१ आश्विन ७, सोमबार ०९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय