गोविन्द महतो / जनकपुरधाम

‘पग–पग पोखरि, माछ, पान, मखान’ यो मिथिला सभ्यता र संस्कृति र परम्परासंग जोडिएको पहिचानको उखान हो । अर्थात यस क्षेत्रको पहिचान पोखरी, माछा र पान मखानासँग जोडिएको छ । झ्ट्ट हेर्दा फूल उठेको मकै जस्तो देखिन्छ मखाना । मखाना पोखरी वा तालको शान्त पानीमा उम्रन्छ । मिथिला संस्कृतिमा कुनै पूजाआजा हुँदा मखाना अनिवार्य रुपमै राख्नुपर्ने प्रचलन छ ।

नेपालमा ९ सय मेट्रिकटन मखानाको मागमा केवल ७३ मेट्रिकटन उत्पादन भईरहेको छ । दैनिकजसो खान, ब्रतबन्ध तथा पुजाआजामा अनिवार्य हुनुपर्ने मखानाको नेपाल दिनानुदिन घट्दो उत्पादनका कारण छिमेकी मुलुक भारतबाट ८ सय भन्दा बढी मेट्रिकटन आयात भैरहेको छ । नेपाल ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युट (जीजीजीआई) ले गरेको एक अध्ययन अनुसार नेपाल मखाना खेतीको लागि प्रचूर सम्भावना र आर्थिक दृष्टिकोणले पनि सक्षम सम्भावना बोकेको कृषि कर्म भएपनि प्रबद्र्धन र उत्पादन बृद्धि गर्न सरकारले चुकेका कारण उत्पादनमा ह्रास आईरहेको छ ।

मखानाका लागि नेपालको सबैभन्दा उर्वरभुमी रहेको महोत्तरीको मटिहानीमा तराई कृषि व्यवसाय तथा उद्यम चुनौति कोष अन्तर्गत मिताहारा न्युट्रिसन, महेश ट्रेडर्स, र नगरपालिकाको समन्वयनमा मखाना खेतीको अवस्था र सम्भाव्यता कार्यक्रममा विश्वको सबैभन्दा बढी मखाना निर्यात हुने मुलुकको रुपमा नेपाल रहेको जीजीजीआईका राकेश साहले जानकारी दिए । जीजीजीआईले गरेको अध्ययनमा महोत्तरी, धनुषा र सप्तरीमा गरी लगभग २ सय ५९ बिघा जमिन प्रयोग गरी १८ सय ४५ बोरा मखाना उत्पादन गरिन्छ । जसमा १४ प्रतिशत मात्र किसान आफ्नो जग्गा प्रयोग गरेर गर्ने गरेको छ भने वाँकी सबै किसानहरुले भाडा वा लिजमा जग्गा लिएर मखाना खेती गर्ने गर्छ । यसरी जग्गा पोखरी भाडामा लिदा औसत रु १ लाख १५ हजार प्रति बिघा भाडा तिरेर मखान खेती गर्ने गरेको छ ।

जसमा ८५% हाम्रा माखाना कृषकहरु ऋणमा निर्भर छन् । जसमा पनि ६१% किसानहरु उच्च ब्याज दरमा व्यक्तिहरुबाट ऋण र्लिर मखाना खेती गरिरहेको तथ्याक छ । यसरी नेपालमा कम उत्पादनले भारतबाट २१ हजार ६०० बोरा अर्थात ८ सय ७३ मेटिक टन आयात हुने गरेको छ ।

जीजीजीआईले मखाना कृषकहरुको क्षमता, उत्पादन बढाउने, आधुनिक कृषि अभ्यासको जानकारी, उन्नत बीउ प्रजाति वितरण, र सिँचाई प्रविधि मार्फत उत्पादन बढाउन तथा नेपाली मखानाको बजार उपस्थितिलाई मजबुत गर्न आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । ग्लोबल ग्रीन ग्रोथ इन्स्टिच्युटको अध्ययनमा पूरानै खेतीको अभ्यास, प्रविधिको पहुँच अभाव, उत्कृष्ठ अभ्यासको अपर्याप्त ज्ञान, स्थित पानी मुहान श्रोत अभावले मखानाको उत्पादन घटेको उल्लेख गरेको छ ।


आधुनिक प्रविधिको पहुँचमा सुधार, जलस्रोत उपलब्ध गराएर, बजार जोड्ने बलियो स्थापना गरी किसानहरुलाई अनुदान सुरक्षित गरेर मखाना उत्पादनमा बृद्धि गर्न जोड दिईएको छ । जीजीआईले किसानलाई ऋण भन्दा बढी समर्थन, ज्ञान, र दिगो श्रोतहरुमा किसानको पहुँच बढाएर मधेशमा मखाना, सिंहडा, कमल जस्ता खेतीलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । एक्वामा आधारित रहेर मधेश प्रदेश कृषिमा धनी भएकोले माछा, सिंगडा, कमल र माछापालन जस्ता उत्पादनलाई ध्यान दिएर मधेसको कृषि अर्थतन्त्रलाई बलियो बनाउन सकिने विषय औल्याएको छ ।

मखान बजारमा भारतको कब्जा

विश्वव्यापी रुपमा हेर्दा भारतको विहारमा सबैभन्दा बढी मखानाको उत्पादन हुने गरेको छ । विश्व बजारको मागमा आपूर्तिका लागि करिब ८० प्रतिशत योगदान भारतको विहार राज्यले गर्दछ । भारतको मखानाको ८० प्रतिशत भन्दा बढी बिहार राज्यले मात्र उत्पादन गर्छ ।

भारत सरकारले बिहार मखाना विकास योजना लागू गरेर किसानहरुलाइ ७५% अनुदान उपलब्ध गराउँदै आएको छ । खेतीलाई अझ सस्तो बनाउन र उत्पादन बढाउँदै प्रति हेक्टर ९७ हजार लागत मध्ये ७२,७५० रुपैयाँ अनुदानमा किसानलाई दिने गरेको छ । जसमा कृषकहरुले कूल लगानीको एक अंश मात्रै वहन गर्छन् । यसले प्रति हेक्टेयर १६ क्विन्टलबाट २८ क्विन्टलमा उत्पादकत्व बढाउन मद्दत गरेको जीजीजीआईका प्रतिनिधि राकेश साहले जानकारी दिए ।
भारतको विशेषतः विहार राज्यमा ३० देखि ३५ हजार हेक्टर जग्गमा मखाना खेती हुने गरेको छ । जसमा ४० लाख देखि ५० लाख क्विन्टल मखाना उत्पादन हुने गरेको तथ्याङक भारत सरकारको छ । जसमध्ये १० देखि १२ प्रति हेक्टर परम्परागत बीउँ प्रणाली र ३० देखि ३२ क्लिवन्टल प्रति हेक्टर आधुनिक अर्थात सुधारिएको बीउँ प्रणालीबाट हुने गरेको छ ।

१ क्विन्टल बीउँबाट ४० देखि ५० प्रतिशत मखाना उत्पादनल गर्न सकिन्छ भने किसानको लागि २ सय ५० करोडको बजार छ । यस्तै मखाना कूल बजार ५५० करोड मुल्यको छ । भारत बिहारको दरभंगा, मधुबनी, सुपौल, सहरसा, कटिहार, पूर्णिया, अररिया र किशनगंज जिल्लामा मखाना उत्पादनको लागि उत्पादक क्षेत्र मानिन्छ ।

मखाना अनुसन्धान केन्द्र भारतका निर्देशक डा. राजवीर शर्माले नयाँ प्रविधिबाट मखानाको उत्पादन बढेको बताउँदै पारम्परिक रुपले पोखरीमा हुने भएपनि ‘स्वर्ण वैदेही’ जातको विकासले खेतमा पनि माखाना खेती खेतमा पनि गर्न सकिने जनाएको छ । कृषि वैज्ञानिक डा. लोकेन्द्र कुमार र डा. विनोद कुमारकोे शोधले अब खेतमा पनि एक फिट पानी राखेर पनि मखाना उत्पादन गर्न सकिन्छ बताए । समान्यतया मखानाको उत्पादन तयार हुन ८ महिना लाग्नेको समय लाग्ने भएपनि आधुनिक रुपले उत्पादन गराउन ६ महिनामै तयार हुने बताए ।


२०८१ आश्विन २२, मंगलवार १५:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु