
काठमाडौं– नेपाली प्रिमियर लिग अन्तर्गतको खेलमा कर्णाली याक्सविरुद्ध जनकपुर बोल्ट्सले ८ विकेटले जित निकालेको छ । कर्णालीले दिएको १४२ रनको लक्ष्य जनकपुरले १५ दशमलव १ ओभरमा सहजै पूरा गरेको हो ।
जनकपुरको जीतका लागि कप्तान एवम् ओपनर अनिल शाहले अर्धशतक पूरा गरेका छन् ।