नेपालवाणी डटकम
चितवन, पुस ।
चितवनको कृषि मेलामा मधेशमा पाईने रैथाने परिकारहरुको प्रदर्शनी गरिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय, नेपालद्वारा आयोजित कृषि मेला तथा किसान प्रदर्शनी २०८१ मा मधेशमा पाईने लोकल बिरीया, अमुध, माछा अचार, अधौरी, मस्यौरा, धनौरी, तिल्लौरी लगायतका परम्परागत परिकारहरुको प्रदर्शनी गरिएको छ ।
चितवन रामपुरमा वन मन्त्रालयका प्रतिनिधि र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपतिको उपस्थितिमा आयोजित कृषि मेलामा १०० भन्दा बढी कृषि स्टलहरुले किसान, विद्यार्थी, कृषि उद्यमी तथा नीति निर्माताहरुका लागि नवीनतम प्रविधिहरु प्रदर्शन गरिएको छ । मेलामा विश्वविद्यालयहरु, विकासे कार्यालय, गैरसरकारी संस्था (एनजीओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुकाृ सहभागीता रहेको छ ।
मधेश प्रदेशबाट कृषि तथा वन विज्ञान विश्वविद्यालयका समावेशी क्याम्पसका विद्यार्थीहरुले मधेशको सांस्कृतिक र परम्परागत खाद्य सामग्रीहरुको प्रदर्शनी गरे । परिकारहरुमा स्थानीय भण्डारण प्रणाली, दैनिक जीवनमा प्रयोग, पोषण व्यवस्थापन र खाद्य सुरक्षा सुनिश्चित गर्न खेलेको भूमिकाबारे समेत जानकारी गराइएको थियो ।
मधेशमा मधेशी समुदायले परम्परागत रुपमा घरमै तयार गर्ने र आवश्यकताका कठिन समयमा प्रयोग गर्न खेतमा फलेका अन्नबालीको उपयोग गर्ने उत्पादनहरु प्रदर्शन गरिएको प्रदर्शनीमा सहभागि विद्यार्थी रोहित सिंहले नेपालवाणीलाई जानका।ी दिए ।
बर्दिबास स्थित प्राकृतिक श्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुले स्थानिय रुपमा तयार गरिएका खाद्य परिकारहरुको महत्वलाई उजागर गर्दै तिनमा मूल्य अभिवृद्धि र कृषि व्यवसायको सम्भावनाबारे जानकारी दिए । मधेशको रैथाने परिकारहरुले सांस्कृतिक मूल्य संरक्षण, सामाजिक र आर्थिक स्तर उकास्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिईएको छ ।