नेपालवाणी डटकम

जनकपुरधाम / पुस ।

मधेश प्रदेशसभा चौथो अधिवेशन अन्तर्गतको पहिलो बैठकमा मधेश प्रदेशसभाको सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखबाट प्राप्त मधेश प्रदेश सभाको चौथो अधिवेशन आव्हान सम्बन्धी पत्र पढेर सुनाएका छन् । लामो समयदेखी बन्द रहेको प्रदेशसभा बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणको पत्र पढेर सुनाएका थिए ।

सभामुख तथा उपसभामुखको अनुपस्थितिमा बैठकको अध्ययक्षता गर्ने सदस्यहरुको मनोनयन गरेको छ । सभामुख रामचन्द्र मण्डलले प्रदेश सभा कार्यसञ्चालन नियमावली, २०७५ को नियम ११ बमोजिम बैठकको अध्ययक्षता हरि नरायण महतो, चन्दन सिंह , जवाहर कुशवाहा, रमेश प्रसाद कुर्मिलाई मनोनयन गरेको छ।

विगत साढे तीन महिनादेखि ठप्प रहेको मधेश प्रदेश सभाको तेस्रो अधिवेशन गत ४ असोजमा अन्त्य भएको थियो । प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनमा ३६, दोस्रो अधिवेशनमा १४ र तेस्रो अधिवेशनमा ३४ वटा वैठक बसेको सभामुख रामचन्द्र मण्डलले बताए ।

कृषिसम्बन्धी विधेयक, बिउबीजनसम्बन्धी विधेयक, पर्यटन विधेयक र बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको ऐनको संसोधन सहितका बिजनेस प्रदेश सभामा छन् ।

४. प्राकृतिक श्रोत तथा वातावरण समितिका माननीय सभापति शारदा दास पहाडीले “मधेशमा पर्यटनको विकास र प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न विधेयक सम्बन्धी समितिको प्रतिवेदन” सभामा पेश गर्ने कार्यसुची रहेको छ ।

अहिले अधिवेशनको प्रारम्भको अवसरमा दलीय आधारमा दलका नेताहरुले शुभकामना मन्तव्य राखिरहेको छ ।

२०८१ पुष २३, मंगलवार १४:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय