
बर्दिबास, २७ पुस ।
नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा जनताकाे बहुदलीय जनवादका प्रतिपादक जननेता मदनकुमार भण्डारीकाे स्मृतिमा गठित ‘मदन भण्डारी फाउण्डेसन’काे मधेश प्रदेश समिति बनेकाे छ । आज बर्दिबासमा सम्पन्न प्रदेशकाे विस्तारित बैठकले राज महम्मद रायकाे अध्यक्षतामा ५५ सदस्यीय प्रदेश तदर्थ समिति गठन गरेकाे हाे । याे समितिले एक वर्षभित्रै प्रदेश अधिवेसनकाे आयोजना गर्ने फाउण्डेसनले जनाएकाे छ ।
नेकपा (एमाले)का स्थायी कमिटी सदस्य तथा मधेश प्रदेश इञ्चार्ज लीलानाथ श्रेष्ठकाे प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले छ महिनाभित्र प्रदेशका आठवटै जिल्ला अधिवेशन र सबै स्थानीयतहमा पालिकातहका समिति गठन गरीसक्ने निर्णय गरेकाे छ । विस्तारित बैठकमा पार्टीका नेता श्रेष्ठले नेपाली कम्युनिष्ट आन्दोलनका नविन विचारक तथा जनताकाे बहुदलीय जनवादी सिद्धान्तका प्रतिपादक जननेता मदनकुमार भण्डारीकाे स्मृतिमा गठित फाउण्डेसनले वैचारिक कामलाई प्रमुखताका साथ उठाउन पर्ने बताउनुभयाे ।

सम्पन्न विस्तारित बैठकमा नेकपा (एमाले) का पाेल्युटब्युराे सदस्यहरु सुमनराज प्याकुरेल, अच्युत मैनाली, ज्वाला साह, केन्द्रीय सदस्य सराेजकुमार यादव र प्रदेश अध्यक्ष चन्देश्वर मण्डलले सम्बाेधन गर्दै विचारका क्षेत्रबाट मदन भण्डारीकाे याेगदानले राष्ट्रियमात्र नभएर अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनलाई लाेकतान्त्रिककरण गर्न मद्दत मिलेकाे उल्लेख गर्नुभयाे ।
विस्तारित बैठक राज माेहम्मद रायकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

२०८१ पुष २७, शनिबार १९:५४मा प्रकाशित