भुइँमान्छेका आवाजलाई प्रधानमन्त्रीको सम्मान : नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य राजकरण महतोलाई सफल कार्याकालका लागि प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार शुभकामना तथा बधाई दिदै प्रधानमन्त्री केपी शर्मा ओली । सात दशको नेपाल पत्रकार महासंघको ईतिहासमा महोत्तरी जिल्लाबाट केन्द्रीय सदस्यमा पत्रकार महतो निर्वाचित भएसंगै महोत्तरीले पहिलोपटक केन्द्रमा प्रतिनिधित्व पाएको थियो । १५ वर्षअघि पत्रकार महतो महोत्तरीको बर्दिबासबाट पत्रकारिता सुरु गरेका थिए । उनी पत्रकारिताका माध्यमबाट आवाजविहिनीहरुको सवाललाई बुलन्द पार्दै आएका छन् । प्रधानमन्त्री ओलीले नवनिर्वाचित केन्द्रीय समितिलाई बधाई र शुभकामना दिन बालुवाटर बोलाएका थिए ।

२०८१ पुष २९, सोमबार २०:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय