बर्दिबास (महोत्तरी), ६ माघ ।

विपद्को उद्धार र मानवीय सेवामा जुट्दै आएको सशस्त्र प्रहरी बल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासले रक्तदान गरेको छ । सशस्त्र प्रहरीको २४ औं वार्षिकोत्सवको अवसरमा बाहिनी मुख्यालय परिसरमा अधिकृत र जवानसहित ५० जनाले शनिबार रक्तदान गरेका हुन् ।

मधेशमा मुख्यतः सीमा सुरक्षा, राजश्वछली र दङ्गा नियन्त्रणजस्ता कार्यमा रहने सशस्त्र प्रहरीले विपद् व्यवस्थापन र उद्धार कार्यमा दक्ष जनशक्तिको सेवा दिदै आएको छ । यसपालिको वार्षिकोत्सवमा जीवनरक्षाको मानवीय सेवाको क्षेत्रमा योगदान दिन रक्तदान गरिएको बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कालीदास धौवोजी श्रेष्ठले बताउनुभयो ।

 

सशस्त्र प्रहरीको रक्तदान कार्यक्रममा प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाइटी बर्दिबास उपशाखाको रक्तसञ्चारकेन्द्रले गरेको छ । रक्तदान गर्ने सशस्त्र प्रहरीले अस्पतालमा रगतबिना उपचार अड्केका हरुको जीवनरक्षाका लागि आफ्‌नो रगत जीवन बन्ने कुराले उत्साहित बनाएको प्रतिकृया दिएका छन् ।

२०८१ माघ ६, आईतवार १९:२५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय