जनकपुरधाम : सञ्चारिका समूह नेपालले र मधेस प्रदेश समितिले मिडियमा लैंगिक समानता तथा समाजिक समावेशीकरण नीतिको प्रभावकारी कार्यान्वयनका लागि मधशे प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिहंलाई दश बुँदे साझा मागपत्र बुझाएको छ ।

सञ्चारिका समूह नेपालकी महासचिव बसन्ती बास्तोला,केन्दिय सदस्य साजना तामाङ,संचारिका मधेस प्रदेशकी अध्यक्ष सुनिता बराल,कोषाध्यक्ष चा“दनी झा, सदस्य रिना आले,संचारिका कार्यक्रम अधिकृत अन्जु बराल पत्रकार लक्ष्मी चौधरी लगायतको पत्रकार महिलाको समुहले मुख्यमन्त्री कार्यालयमै पुगेर उक्त मागपत्र बुझाई कार्यान्वयनका लागि अनुरोध गरेका छन् ।

महिला पत्रकारको समानता र सशक्तीकरणलाई प्राथमिकता दिने उद्देश्यले जेसी (जेण्डर इक्विलिटी एण्ड शोसियल इनक्लूजन) नीति कार्यान्वयनका लागि केन्द्रको उपस्थितीमा मुख्यमन्त्री सिंहलाई दश बुँदे मागपत्र बुझाएको संञ्चारिका समुह मधेसकी अध्यक्ष सुनिता बरालले जानकारी दिईन् । महिलामाथि हुने हिंसा न्यूनीकरणदेखि समावेशीता, समानता र तथा सहभागिताका विषयलाई प्राथमिकतामा राखिएको बरालले बताईन् ।

समूहले बुझाएको ज्ञापनपत्रमा सञ्चार संस्थामा लैंगिकमैत्री वातावरण स्थापना, समान ज्याला निर्धारण, महिला पत्रकारको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था, पत्रकारिता पेशाबाट पलायन हुने महिला पत्रकार रोक्न पेशागत रुपमा स्थायित्व हुनेगरी रोजगारी सुनिश्चितता, सरकारी नियुक्तिहरुमा महिला पत्रकारलाई प्राथमिकता, नयाँ पुस्ताका महिलालाई ल्याउन उत्साजनक वातवारणको सृर्जना, कार्यस्थलमा हुने हिंसा तथा समाचार लेखे वापत आउने धाकधम्कीका लागि उजुरी गर्ने निकाय खडा, विशेष परिस्थिति जस्तै गर्भवती तथा सुत्केरी अवस्थामा तलबी विदाको व्यवस्था तथा महिला पत्रकारको स्वास्थ्य बिमालालगायतको मागहरु ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

सञ्चारिका समूहकी महासचिव बसन्ती बास्तोलाले मधेशका महिला पत्रकारहरुको अधिकार संरक्षण,क्षमता विकास र सरकारी निकायमा सहभागिताका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्नुपर्ने बताईन् । ज्ञापनपत्र हस्तान्तरण गर्दै बास्तोलले भनिन्, “जेस्सी नीति कार्यान्वयनमार्फत मधेश प्रदेशमा महिलाको सहभागिता र सशक्तीकरणलाई संस्थागत गर्न आवश्यक छ । यसका लागि प्रदेश सरकारले ठोस कदम चाल्नुपर्ने आवश्यकता छ ।”
ज्ञापनपत्र ग्रहण गर्दै मुख्यमन्त्री सिंहले महिला पत्रकारका सवाल र संरक्षणमा प्रदेश सरकार आवश्यक कार्य गर्न प्रतिबद्ध रहेको बताए । उनले जेस्सी नीतिका लागि आवश्यक पहल गरिने आश्वासन समेत दिए,“पत्रकारिता गरेर मात्र हुँदैन, पत्रकारितानै पढ्नु पर्ने आवश्यक देखिन्छ, यसकारण मधेश प्रदेश सरकारले प्रदेशकै क्याम्पसमा पत्रकारिता बढाउने वातावरण बनाइरहेको बताए । सञ्चारिका समूहले ध्यानाकर्षण गराएका विषयप्रति प्रदेश सरकार गम्भिर हरेको उनले बताए ।

२०८१ माघ १६, बुधबार २०:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय