
सुनिता कुशवाहा,
वर्दिवास, महोत्तरी : आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) महोत्तरीको अध्यक्षमा ललन मण्डल चयन भएका छन् । शनिवार वर्दिवासमा आयोजित एक समारोहकाबीच सर्वसम्मत रुपमा महोत्तरी जिल्ला अध्यक्षमा मण्डललाई चयन गरिएको हो ।
समितिको सचिवमा रंजित कापर, कोषाध्यक्षमा निरुता चौधरी, सदस्यहरुमा रिता लामा, सुभद्रा भुजेल, राजकुमार मोक्तान र ऋषिकुमार मण्डल रहेका छन् । समितिमा वाँकी रहेको पद चाँडै नै वाँडफाँड गरिने अध्यक्ष मण्डलले जानकारी दिएका छन् । सल्लाहकारको रुपमा संजित मण्डललाई चयन गरिएको हो ।
त्यस्तै वैठकले ३ सदस्यीय प्रदेश अधिवेशन प्रतिनिधी चयन गरिएको छ । जसमा ऋषिकुमार मण्डल, निरुता चौधरी र राजकुमार मोक्तान रहेका छन् । मनोजकुमार थापा र रीता लामालाई केन्द्रिय अधिवेशन प्रतिनिधीमा चयन गरिएको हो ।