
नेपालावाणी डटकम
जनकपुरधाम, माघ ।
संसदीय पत्रकार समाज जनकपुरधामको अध्यक्षमा बिरेन्द्र रमण चयन भएको छ । नेपाल पत्रकार महासंघ धनुषा शाखाको शास्त्री सभाकक्षमा आयोजित भेलाले संसदीय पत्रकार समाजको जनकपुरधाम अध्यक्षमा रमण नेतृत्वमा ११ कार्यसमिति चयन गरेको हो ।
चयन हुने अन्य पदाधिकारीमा उपाध्यक्षमा हद्दिश खुद्दार, सचिवमा विकास कुमार साह, सह–सचिवमा कमलेश ठाकुर र कोषाध्यक्षमा लक्ष्मी चौधरीलाई चयन गरिएको छ । यसैगरी सदस्यहरुमा क्रमशः नवीन सिंह, राजा झा, माला राय, चान्दनी झा, संजय साह, संजय यादव रहेका छन् ।
त्यसैगरी सल्लाहकार समितिमा नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साह, निवर्तमान अध्यक्ष मनिका झा, कान्तिपुर दैनिकका अजित तिवारी, नेपाल टेलिभिजनका श्रीनारायण साह, अजय झा, सुरेश यादव र धिरेन्द्र साह चयन भएका छन् । सल्लाहकार समितिले कार्यसमितिलाई आवश्यक सुझाव र मार्गदर्शन गर्नेछ ।