राेयाण्टर मण्डल
सिरहा :  आज(बुधवार)  सिरहाकाे लहान ठूलाे घटना हुनबाट जाेगिएकाे छ । लहानमै डाँका गर्न याेजना बन्दै थियाे तर प्रहरीकाे सक्रियतामा लहानका एक प्रख्यात व्यापारीकाे पसल डकैती हुनबाट जाेगिएकाे छ तर घटना सार्वजनिक भए लगतै लहानका व्यापारीहरु त्राहिमाममा छन् ।

लहानमा यस्ता याेजना बनाउने गिराेहहरु अझै छन् कि भन्ने एक अर्का कहाँकाे प्रश्नले त्राहिमाम भएका छन् र सचेत हुन एक अर्कालाई सल्लाह पनि दिई रहेका छन् ।

के भयाे लहानमा ?

लहानमा सुनचाँदी पसलमा डाँका गर्ने याेजना बनाउने चार जनालाई सिरहा प्रहरीले पक्राउ गरेकाे छ ।

जिल्ला उधाेग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास सारडाकाे सुन पसलमा डकैती गर्ने योजना बनाएको आरोपमा प्रहरीले एक भारतीयसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिरहा सुखिपुर नगरपालिका वडा नम्बर ८ बस्ने ४५ वर्षीय इन्दल भन्ने इन्द्रनारायण चौधरी, लहान नगरपालिका वडा नम्बर २२ बस्ने ३१ वर्षीय भैरव भन्ने देवकुमार मुखिया र भारत पश्चिम बंगाल जिल्ला हुगली ग्रामपञ्चायत भगवतीपुरवडा नम्बर ७ बस्ने निरोज भन्ने मेहराज मोन्डल रहेको सिरहा प्रहरी प्रवक्ता डीएसपी विरेन्द्रकुमार पासवानले जानकारी गराउनुभयाे ।

डाँकाको योजना बनाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले यसअघि लहान नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय दिनेश विश्वकर्मालाई पक्राउ गरेको थियो।

प्रवक्ता पासवानका अनुसार लहानवडा नम्बर ७ स्थित जिल्ला उधाेग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास सारडाले संचालन गरेकाे विकाश ट्रडर्स (सुनचाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो।

सिरहा जिल्ला अदालतबाट म्याद थप गरी पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


२०८१ माघ २३, बुधबार २२:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय