राेयाण्टर मण्डल,

लहान (सिरहा) : समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म’ भन्ने नारासहित प्रेस चौतारी नेपाल जिल्ला शाखा सिरहाको ७ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ ।

आज विहिवार सिरहाकाे चाैहर्वामा सम्पन्न अधिवेशनले प्रेस चौतारी सिरहा शाखाको नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुन : ग्लाेवल साप्ताहिकका प्रकाशक/सम्पादक शिव कुमार साहको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

शाखाको उपाध्यक्षमा फिरोज सिद्विकी, महिला उपाध्यक्ष यमुना खनाल, सचिवमा सुरेश राय, स-सचिव – विजय महतो (साह), स-सचिव रंजिता कुमारी सिंह, कोषाध्यक्षमा रुनकेस कामती र सदस्यहरुमा बिन्दे यादव , प्रदीप यादव , सुनिता मगराती , हरिननाथ यादव , महिन्द्र मंण्डल , ओमप्रकाश गुप्ता सर्वसम्मत निर्वाचित भगाएका छन् । यसैगरी प्रदेश र केन्द्रीय प्रतिनिधि परिषद सदस्यका लागि नवनिर्वाचित कार्यसमितिको पहिलो वैठकले चयन गर्ने प्रेस चौतारी सिरहाले जनाएको छ ।


२०८१ माघ २४, बिहीबार १९:४३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय