विशाल बस्नेत,

महाेतरी, ६ फागुन । महोत्तरीमा आधा दर्जन सामाजिक संस्थाहरुले स्वास्थ्य शिविर संचालन गर्ने भएका छन ।

प्रजातन्त्र दिवसको अवसरमा जिल्लाको बर्दिवासमा केन्द्रित उक्त शिविर ६,७ र ८ गते संचालन हुने आयोजक संस्थाहरुले जनाएका छन ।

नेपाल हर्ट फाउन्डेसन महोत्तरी, रोटरी कलव बर्दिवास, रोट्र्याक कलव बर्दिवास, रोटरी कलव अफ हेटौंडा, हेटौंडा सामुदायिक आँखा उपचार केन्द्र, जिल्ला ट्राफिक कार्यालय महोत्तरी  लगायतका सरकारी र गैरसरकारी  संस्थाहरुले  आँखा शिविर, साईकल यात्रा, मुट्टु स्कृनिङ्ग जस्ता गतिविधि चलाउने तय भएको छ ।

रोटरी कलव अफ बर्दिवासका अध्यक्ष बिष्णु पुरीका अनुसार फाल्गुन -६ गते मंगलबार सेम नेपाल माध्यामिक विध्यालयको प्राङ्गणमा विहान ८ वजे देखि २ बजेसम्म आँखा शिविरसगैँ कार्यक्रमहरु प्रारम्भ हुनेछन ।

फागुन ७ गते भने जिल्ला ट्राफिक कार्यालय महोत्तरीको संयोजनमा साईकल यात्रा संचालन गरिने रोटरी कलव बर्दिवासका सुदर्शन काफ्लेले जानकारी दिए । ट्राफिक कार्यालयका प्रमुख लक्ष्मीराज जोशीका अनुसार उक्त यात्रामा २ सय जना सहभागी वन्ने अनुमान गरिएको छ । यात्रामा १० किलोमीटरको गन्तव्य वनाईएको छ भने पश्चिम् वस काउन्टर नजिकैवाट सुरु हुने उक्त यात्रा र्‍याली सोही ठाउँमा आएर समापन हुने प्रमुख जोशीले वताए ।

अन्तिम दिन ८ गते ६ हजार विद्यार्थीहरुको मुट्टुको अवस्था जाँच गर्ने आयोजक संस्थाहरुले लक्ष्य लिएका छन ।

सवैभन्दा टाढा रहेका लक्ष्मीभाग्रे झ्याउरे विद्यालय सहित खयरमाराका ३ वटा र बर्दिवासका ३ वटा गरि ६ वटा विध्यालयमा स्कृनिङ्ग गर्ने हर्ट फाउन्डेसनका जिल्ला अध्यक्ष दिपक कार्कीले जानकारी दिए ।

न्युज कारखाना

२०८१ फाल्गुन ४, आईतवार १९:२७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय