नेपालवाणी नेटवर्क

जनकपुरधाम, फाल्गुन !

मधेशको कथावस्तु र मधेशको पात्रहरुको बाहूल्यता देखिने फिल्म ‘राजागंज’ चैत्र १ गतेबाट हाँलहरुमा प्रदर्शन हुने भएको छ । मधेश आन्दोलनको समयमा केही उत्छृङख्ल तत्वहरुले मधेशमा मच्चाएको अराजकता र सशस्त्र समुहहरुले बनाएको कमाईखाने धन्दालाई उठाउँदै मधेशको कथामा मधेशकै कालाकारहरुलाई समेटेर बनाईएको फिल्म ‘राजागंज’ प्रदर्शनको तयारीमा पत्रकारसंग फिल्म कालाकारले फिल्मको कथावस्तुलाई पस्केको हो ।

दीपक रौनियार निर्देशित फिल्म ‘राजागंज’ तराई मधेशको कथालाई उठाउँदै नेपाली समाजको ऐनालाई चित्रित गर्दै मधेस आन्दोलनको पृष्ठभूमि र त्यसको भुमरिमा हुने अपराधिक क्रियाकलापलाई सशत्त ण्ंगले पस्किने प्रयास गरेको रौनियारलाई उदृत गर्दै संदेश घिमिरेले बताए । पत्रकारहरुसंग कुरा गर्दै फिल्मका कालाकार घनश्याम मिश्रले फिल्मले तराई मधेश मात्र होइन, त्यहाँका जनताको मनोविज्ञान, सांस्कृतिक विविधता र महिलाका चुनौतीलाई यथार्थपरक रुपमा प्रस्तुत गरेका दाबी गरे ।

निर्देशक रौनियारले निर्देशित फिल्मले मधेश र पहाड बीचको पुल बन्ने कालाकार आरती मण्डलको भनाई थियो । उनले भनिन, ‘नेपाली चलचित्रमा महिलालाई जहिल्यै सहायक पात्रमा देखाइने परिपाटी तोड्दै राजागंजमा महिलालाई मुख्य भूमिकामा प्रस्तुत गरिनु आफैमा फिल्मको सकारात्मक पक्ष हो ।’


निर्देशक रौनियारले यसअघि ‘सेतो सूर्य’ र ‘हाइवे’ जस्ता चलचित्र निर्देशन गरिसकेको उत्कृष्ट फिल्मको रुपमा चिनिएकोले यो फिल्म पछिल्लो फिल्मको तुलनामा अझ उत्कृष्ठ सावित हुने सञ्चारकर्मी तथा कालाकार पुष्पा यादवको भनाई थियो ।

मधेशसंग जोड्ने फिल्मको रुपमा परिचित गरिएको ‘राजागंज’ प्रमुख पात्रहरुमा रुपमा मधेश आन्दोलनका अगुवा इन्द्रकुमार ‘मधेसानन्द’, सरोज मासले अभिनय गरेका छन् । त्यसैगरी पत्रकार घनश्याम मिश्र र आरती मण्डल, पुष्पा यादवले पनि उक्त चलचित्रमा अभिनय गरेका छन् । पत्रकार रिङकु मिश्र (गायत्री) एक नेतृको भूमिकामा चलचित्रमा देख्न पाइने जनाइएको छ । जबरी छोरी अतिथि प्रियाले पनि बाल कलाकारको रुपमा अभिनय गरेकी छिन् ।

मुख्यत मधेशकै पात्रहरुबाट मधेशको कथावस्तुलाई उठाईउन खोजिएको निर्माण पक्षको दाबी छ । चलचित्रका प्रमुख पात्रका रुपमा अभिनेता दयाहाङ राई, विजय बराल, रिचा शर्मा, पूर्वमिस नेपाल निकिता चण्डक, पशुपति राई तथा जनकपुरका ख्यातिप्राप्त रङ्गकर्मी मदन ठाकुर समेत अभिनय गरेका छन् ।

नेपालमा सार्वजनिक प्रदर्शन हुनुअघि ‘पूजा सर’ नामबाट राजागंजले महिला सशक्तीकरणको सन्देश सहित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागिता जनाइसकेको छ । सिनेमाको २ मिनेट ४ सेकेण्ड लामो टिजरमा सांसदको छोरा सहितका दुई बालक अपहरणमा परेपछि उनीहरुलाई मुक्त गराउन प्रहरीले चलाएको खोजी अप्रेसनको कथा देखाइएको छ ।


२०८१ फाल्गुन १०, शनिबार १०:५३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु