
नेपालवाणी नेटवर्क
काठमाण्डौं , फाल्गुन ।
राष्ट्रिय व्यवसायी महासंघका उपाध्यक्ष तथा जनमत पार्टीका खस–आर्य जनमत संघका राष्ट्रिय संयोजक लक्ष्मी खड्काको संयोजनमा काठमाडौँका दीपक थापा, श्रीया थापा, आदित्य थापा, यमुना श्रेष्ठ, अन्जु राय चाम्लिङ, कुमारी खड्का, सन्तोष थपलिया, रश्मि थापा, सविता नगरकोटी, अर्जुन प्रसाद चौलागाईं, पवित्रा कुईकेल जनमत पार्टीमा प्रवेश गरेको सो पार्टीका प्रवक्ता डा।शरद यादवले बताए ।
त्यस्तै रामेछापका सुभाष दर्जी, दीपेन्द्र तिमल्सिना, मोरङका योगेन्द्र कोइराला, सुनसरीका अपसरा खड्का, बाजुराका जनक जैसी र इलामका कामना पनि जनमत पार्टीमा प्रवेश गरेका छन् । उनीहरू सबै विभिन्न व्यवसायमा संलग्न रहेको जनमतले जनाएको छ ।
उनीहरूलाई मंगलबार पार्टीका अध्यक्ष डा ।सिके राउतले टिका लगाएर स्वागत गरे । पार्टी प्रवेश कार्यक्रम बानेश्वरस्थित पार्टी कार्यालयमा आयोजना गरेको थियो ।