नेपालवाणी नेटवर्क
रौतहट, गरुडा, फाल्गुन ।

लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा आयोजित कार्यक्रममा उनीहरु प्रवेश गरेका हुन् ।


जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउनुभएको हो। नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुनुहुन्छ । गत स्थानीय तह निर्वाचनमा उहाँ यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए ।

नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताए

२०८१ फाल्गुन २४, शनिबार २०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय