
बर्दिबास: सेभ द चिल्ड्रेनको सहयोगमा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवास द्वारा संचालित “समुन्नति” कार्यक्रम अन्तरगतको सहयोग/समन्वय तथा बर्दिवास नगरपालिकाको आयोजनामा ” सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण” नाराका साथ ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस भव्यताका साथ मनाइयो ।
११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला तथा बालिकाहरूमा रहेका प्रतिभा प्रष्फुटन गराई समुदायमा रहेका सम्पूर्ण महिला तथा बालिकाहरूलाई उत्प्रेरणा जगाउने उदेश्यले महिला अधिकार सम्बन्धि खुल्ला गायन प्रतियोगिता गरिएको थियो। प्रतियोगितामा सात वटा समूहले भाग लिएका थिए। प्रतियोगितामा प्रथम हुनेलाई रु.२० हजार दोस्रो हुनेलाई रु.१५ हजार, तृतिय हुनेलाई रु. १० हजार र सान्त्वना पुरस्कार पचिस सय नगद सहित प्रमाण-पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा मधेश प्रदेश सांसद शारदा देवी थापा, नगर प्रमुख प्रहलाद क्षेत्री, नगर उपप्रमुख तारा देवी, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल, बर्दिवासका अध्यक्ष नागदेव यादव, लगायत कर्मचारीहरु, प्रत्येक वडाबाट महिला तथा बालबालिकाहरु, स्थानीय वडा बाल अधिकार समितिका पदाधिकारीहरु, बाल क्लबका बालबालिकाहरुको उपस्थिति थियो ।
दृश्य: सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादव आफ्नो मन्तव्य राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी महिलाहरु प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी बालबालिकाहरु आफ्नो प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी बालबालिकाहरु आफ्नो प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागीहरु आफ्नो प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी बालबालिकाहरु आफ्नो प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी विद्यार्थीहरुलाई सांसद थापा र उपमेयर महतोले प्रमाणपत्र दिदै !
दृश्य: नगरप्रमुख क्षेत्री आफ्नो मन्तव्य राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी !
दृश्य: उक्त कार्यक्रम सहभागी !
दृश्य: उक्त कार्यक्रम सहभागी महिलाहरु प्रस्तुति राख्दै !
दृश्य: उक्त कार्यक्रम सहभागी महिलाहरु प्रस्तुति राख्दै !