नेपालावाणी नेटवर्क
जनकपुरधाम / फाल्गुन ।

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले जनता सधै नेताको मालिक भएको बताएका ह्न् । उनले जनताले आम नागरिक पनि नेता बन्ने र नचाहे नेता पनि नागरिक बन्ने छनोटको अधिकार जनतालाई भएकोले जनता मालिक भएको बताएका ह्न् । त्यसैले आजको जनता समाजको मेरुदण्ड हो ।


धनुषाको धनुषाधाम नगरपालिकामा ‘जनतासंग सभामुख’ कार्यक्रममा बोल्दै सभामुख मण्डलले जनताको बलबुताले संघीयता हासिल भएर एउटा समान्य जनता जनताकै सेवक बन्न पाएको तथा कोही मेयर, कोही मन्त्री, कोही प्रधानमन्त्री, त कोही राष्ट्रपति बनेको भन्दै उनले जनप्रतिनिधीहरुलाई जनता र जनताको कामप्रतिको उत्तरदायि भुमिका निर्वाह गर्न आग्रह गरे ।
धनुषाको क्षेत्र नं. २ (ख) बाट निर्वाचित सभामखु मण्डलले संविधानले दिएको व्यवस्थाको सही उपयोग गर्नुपर्नेमा जोड दिँदै भने, ‘हाम्रो व्यवस्थाले अहिले जनतालाई सबै अधिकार दिएको छ तर चुनावका बेला सबैलाई खुसी पार्ने गरी मतदान गर्दा परिणाम खिचडी जस्तो देखिएको छ । अब स्पष्ट बहुमत दिने निर्णय गर्नुपर्छ, जसले काम गर्दैन, उसलाई जनताले कडा सजाय दिनुपर्छ । त्यो पनि ब्यालेट मार्फत !’

सभामुख मण्डलले धनुषा क्षेत्रका स्थानीय सरकार प्रमुखहरुसँग सहकार्य गर्न कठिनाइ भएको अनुभव सुनाए । उनले भने, मेरो क्षेत्रमा पाँच वटा नगरपालिका छन्, तर कतिपय पालिकाहरु बीच समन्वयन छैन, निर्वाचन जितेर आईसक्दा पनि पार्टी पोलिटिक्समा लागि रहेको छ र काम गर्न सकिएको अवस्था छैन, म एक पार्टी, उँ अर्को पार्टी भन्दै अगल अगल धुव्रिकेत भएर बसेको छ । त्यसैले काम भईरहेको छैन, काम गर्न नमिल्नेहरुसँग पनि समन्वय गर्नुपर्छ, भन्ने मेरो भनाई हो ।’


कार्यक्रममा नागरिक समूहका अगुवाहरूले स्थानीय समस्याका बारेमा आफ्नो धारणा र प्रश्नहरु सभामुख मण्डल सामू राखेका थिए । उनीहरुको प्रश्नको उत्तर दिँदै सभामुख मण्डलले जनताको समस्या समाधान गर्न प्रदेशसभा प्रतिवद्ध रहेको बताए । ‘हामी जनताको लागि काम गरिरहेका छौँ, तपाईंहरुको विश्वास र आशीर्वादले म सभामुख बनेको हुँ । तपाईहरुको लागि कस्तो कानून चाहिन्छ भन्नुस्। छलफल गरौं, किसानलाई पक्षपोषण गर्ने विधेयकमा कस्तो कानून बनाउन सकिन्छ सुझाव दिनुस ।,’ उनले भने ।


धनुषाधाम नगरपालिका ३ का वडा अध्यक्ष जयनारायण यादवको अध्यक्षतामा भएको जनतासंग सभामुख कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, प्रदेश सभाका सचिव तथा कर्मचारी, नागरिक समाजका अगुवा, बुद्धिजीवी र स्थानीय जनताको उपस्थिति रहेको थियो ।सोही कार्यक्रममा होलीको अवसरमा रंगारंग कार्यक्रम समेत आयोजन गरी एक अर्कामा होली शुभकामना आदान प्रदान गरिएको थियो ।


२०८१ फाल्गुन २८, बुधबार १८:४०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय