काठमान्डौ : जानकी गाउँपालिका-९, खैरिफाटा बजार – छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, शाखा कार्यालय पथरैयाद्वारा वित्तीय साक्षरता कार्यक्रम तथा Global Money Week 2025 को अवसरमा आयोजित वित्तीय सचेतना र्याली भव्य रूपमा सम्पन्न भएको छ। संस्थाको Digital Bus को माध्यमबाट आयोजित यस कार्यक्रममा लघुवित्तमा आबद्ध सदस्य, अभिभावक तथा समाजका विभिन्न तहका व्यक्तिहरूको व्यापक उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता शाखा प्रबन्धक हरिचन्द्र भट्ट ले गर्नुभएको थियो। उहाँले संस्थाको संक्षिप्त परिचय दिँदै वित्तीय साक्षरताको महत्त्वबारे प्रकाश पार्नुभयो। कार्यक्रमका प्रमुख अतिथि अनुगमन प्रमुख तपेन साउद रहनुभएको थियो। उहाँले वित्तीय अनुशासन, पारिवारिक बजेट व्यवस्थापन, ऋणको उचित प्रयोग तथा सचेत बचत प्रणालीको महत्त्वबारे मन्तव्य दिनुभयो।

वित्तीय साक्षरता कार्यक्रममा प्रशिक्षण तथा प्रस्तुति

कार्यक्रममा प्रशिक्षक बुधराम महतो द्वारा वित्तीय सचेतना सम्बन्धी विभिन्न महत्वपूर्ण विषयहरूमा प्रशिक्षण दिइएको थियो। उहाँले पारिवारिक बजेट व्यवस्थापन, बचतको सदुपयोग, कर्जा व्यवस्थापन र वित्तीय सचेतना जस्ता विषयहरूमा वृत्तचित्र प्रस्तुति, अडियो-भिडियो सामाग्री तथा छलफल विधिको माध्यमबाट जानकारी गराउनुभयो। साथै, प्रोजेक्टर को प्रयोग गरी सहभागीहरूलाई वित्तीय योजनाबारे व्यावहारिक जानकारी प्रदान गरिएको थियो।

वित्तीय सचेतना र्याली

खैरिफाटा बजारमा बिहान ११:०० बजे शुरू भएको वित्तीय साक्षरता कार्यक्रम दिउँसो ४:०० बजे समापन गरियो। त्यसपछि ४:०० देखि ५:०० बजेसम्म लम्की बजारमा Global Money Week 2025 अन्तर्गत एक व्यापक वित्तीय सचेतना र्याली प्रदर्शन गरियो। र्यालीमा स्थानीय समुदाय, संस्थाका कर्मचारी, लघुवित्तका सदस्य तथा युवाहरूको उत्साहजनक सहभागिता रहेको थियो। र्यालीको उद्देश्य सर्वसाधारणलाई वित्तीय शिक्षाको महत्त्व बुझाउनु, बचत संस्कार प्रवर्द्धन गर्नु तथा आर्थिक व्यवस्थापनमा सचेत गराउनु रहेको थियो।

कार्यक्रमको प्रभाव र आगामी योजनाहरू

छिमेक लघुवित्त वित्तीय संस्थाले वित्तीय सचेतना अभिवृद्धि गर्न निरन्तर यस्ता कार्यक्रमहरू आयोजना गरिरहेको छ। संस्थाले भविष्यमा पनि ग्रामीण भेगका व्यक्तिहरूलाई लक्षित गरी Digital Bus मार्फत वित्तीय साक्षरताका कार्यक्रमहरू सञ्चालन गर्ने योजना बनाएको छ। सहभागीहरूले पनि यस्ता कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए।


२०८१ चैत्र ४, सोमबार २०:०४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु