गोविन्द महतो / जनकपुरधाम

तस्करीको सामान समात्न धनुषा प्रहरिले गोलि चलाउनु परेको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका स्थित तस्करीको सामान घरमा लुकाएर राखेको सुचना प्राप्त गरेको प्रहरी सामान लान जादा गोलि चलाउनु परेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक सजय यादव नेतृत्वको ईलाका प्रहरी कार्यालय फुलगामा र प्रहरी चौकी बहेडाबेलाको टोलिले घर घेराउ गरि सामान समात्न खोज्दा महिलाको एक समुहले प्रतिकार गरेपछी प्रहरिले गोलि चलाएर तस्करीको सामान समातेको हो ।

पछिल्लो समय मदिरा तस्करीको ट्रान्जिन्ट प्वाइन्ट समेत मुखियापटि बनेको छ । स्थानिय तस्करका समर्थकको विरोध र प्रहरीको संघर्षले तनावको अवस्था सिर्जना भएपछी गोलि चलाउनु परेको धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारिले जानकारी दिए ।

प्रहरी टोलीले तस्करीको सामान बरामदको लागि मुद्दामा छापा मार्दा स्थानीय तस्करहरुले महिलालाई अगाडि सारेरपछि प्रहरिले हवाई फायर गरेको हो । धनुषाका प्रहरी निरीक्षक सन्जय यादवले परिस्थिति नियन्त्रण भन्दा बाहिर जानबाट रोक्नका लागि बाध्य भएर हवाई फायर गर्नुपरेको जानकारि दिए ।

स्थानीय मुकेश यादवको घरमा तस्करी गरेर भारतबाट ल्याइएका सामान राख्ने गरेको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी टोली खटिएको थियो । छापामारीको क्रममा स्थानीयहरूले प्रहरीसँग संघर्ष गर्दा स्थिति बिग्रिएको हो । त्यसपछि प्रहरीले गोली चलाउन बाध्य भएको जनाएको हो ।

धनुषा जिल्लाको मुसहरनियामा दैनिक करोडौं रुपैयाँ बराबरको मालसामान भारतबाट आयात हुने गरेको तस्करिको ट्रान्जिन्ट प्वाईन्ट बनेको छ । यस क्षेत्रको तस्करी गतिविधि लगातार प्रहरी र प्रशासनका लागि ठूलो चुनौती बनेको छ ।

प्रहरी प्रमुख भुवनेश्वर तिवारीको नेतृत्वमा शान्ति र सुरक्षा व्यवस्थामा सुधार ल्याउने प्रयास तीव्र भएको छ । तिवारीले तस्करी नियन्त्रण र स्थानीय सुरक्षा सुनिश्चित गर्न नयाँ रणनीति अपनाउने योजना बनाएका छन् । स्थानीय स्तरमा बढ्दो तस्करी र असुरक्षित स्थितिहरूले धनुषा जिल्लामा शान्ति र सुरक्षाका लागि थप चुनौती थपेको छ ।


२०८१ चैत्र ८, शुक्रबार १६:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

सोमंबुबिशु