महाेत्तरी, ३० वैशाख । मधेशमा लागुऔषध नियन्त्रण चुनाैति बनेकाे सुरक्षा निकायका अधिकारी र नागरिक समाजका अगुवा निष्कर्षमा पुगेका छन् ।

महाेत्तरीका प्रमुख जिल्ला अधिकारीसहित मधेशका विभिन्न जिम्मेवारीमा आउनुभएका अधिकारीहरुकाे स्वागतमा बर्दिबास उद्याेग वाणिज्य सङ्घलगायतका सात सामाजिक सङ्घसंस्थाले बर्दिबासमा साेमबार आयोजना गरेका अन्तरकृयात्मक कार्यक्रमका सहभागीहरुले यस्ताे निष्कर्ष निकालेका हुन् ।

मधेशका सबैजसाे जिल्लामा नयाँ पिढीका युवा र किशाेर लागुपदार्थकाे दुर्व्यशन र ओसारपसारमा लागेका पाइएकाे सुरक्षा निकायका अधिकारीहरुकै स्वीकाराेक्ति छ । कार्यक्रममा नेपाल प्रहरी मधेश प्रदेश प्रमुख तथा प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले भारतसँगकाे खुला सीमाले यसकाे नियन्त्रणमा अपेक्षित परिणाम प्राप्त नभएकाे बताउनुभयाे । लागुपदार्थ दुर्व्यशन र कारोबारसँगै जाेडिएर अन्य कैयाैं प्रकृतिका अपराधिक गतिविधि माैलाएका चतुर्वेदीकाे भनाइ छ । प्रहरीले सीमाक्षेत्रदेखि नै ओसारपसारमा कडाइ गरेपनि समुदायस्तरमा लागुपदार्थविरुद्ध सङ्गठित प्रयत्न कसिलाे नहुँदा याे चुनाैति बनेकाे चतुर्वेदीसहितका सुरक्षा अधिकारीले बताउनु भएकाे छ ।

भर्खरै नयाँ जिम्मेवारीमा आउनु भएका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीका मधेश प्रमुख चतुर्वेदी तथा कृष्ण ढकाल , बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण परियाेजनाका निर्देशक निर्मल घिमिरे, जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी उपरीक्षक हेरम्व शर्मा, सशस्त्र प्रहरीका जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक पूर्णचन्द्र भट्ट, जिल्ला प्रहरी कार्यालय महाेत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्र भट्ट र इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायब उपरीक्षक विकास बमसहितका अधिकारीलाई संयुक्त रुपमा बर्दिबासका सामाजिक संस्थाले स्वागत गर्दै अन्तरकृया गरेका हुन् ।
कार्यक्रममा सशस्त्र प्रहरी नायब महानिरीक्षक ढकालले लागुपदार्थ ओसारपसार कार्यलाई निरुत्साहित गर्न सशस्त्र प्रहरीका सबै इकाइलाई सकृय बनाइएकाे उल्लेख गर्नुभयाे ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रिसालले लागुपदार्थ दुर्व्यशन र काराेबारलाई निस्तेज गर्न समुदायस्तरमा सघन सचेतना अभियान सञ्चालन गरिन पर्नेमा जाेड दिनुभयाे । यसबाहेक मधेशमा बाक्लै देखिने आत्महत्या, बालविवाह, सार्वजनिक सम्पदामाथि अतिक्रमण र दाेहनलगायतका गतिविधिलाई निरुत्साहित गर्न स्थानीय सरकार र समुदायसँगकाे सहकार्य प्रभावकारी हुने रिसालकाे धारणा छ ।

यसअघि कार्यक्रम आयोजकपक्ष र सहभागी सर्वसाधारणले प्रहरी प्रशासनकाट जनताकाे अपेक्षाबारे सुझाएका थिए ।
समाराेहमा बर्दिबास मेडिकल कलेजमा आउनुभएका नयाँ निर्देशक घिमिरेले कलेजका लागि जग्गाप्राप्तिकाे प्रकृयाकाे चरणमा रहेकाे जानकारी दिनुभयाे । कार्यक्रम बर्दिबास उद्याेग वाणिज्य स


२०८२ बैशाख ३०, मंगलवार १७:३८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय