
जनकपुरधाम : शसस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले पशु चौपायाको हड्डि सहित ४ साइकल बरामद गरेको छ ।
मंगलबार बिहान ५ बजेको समयमा सशस्त्र प्रहरीको गस्ती टोलिले बारा जिल्लाको कलैया उप-महानगरपलिका १० निलकण्ठवा सिमा इलाका बार पशुको हड्डि सहित चारजनाको साइकल पक्राउ गरेको मधेश प्रदेश प्रहरी कार्यालयका शसस्त्र मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।
सशस्त्र प्रहरिले विशेष सुचनाको आधारमा ४ वटा साईकलमा लोड गरी नेपालबाट भारततर्फ लैजादै गरेको अन्दाजी १ हजार किलो पशु चौपायाको हड्डीको धुलो र साईकल बरामद गरी कानुनी प्रकृया अगाडी बढाइएको ढकालले जानकारि दिए ।
पशुचौपायाको हड्डीको कारोबारिहरुले सशस्त्र प्रहरिको गाडी आवगमन हुने बित्तिकै साइकल छोडेर फरार भएको भएको डिआईजी ढकालले जानकारी दिए ।
यसैगरी पर्सा जिल्लाको बिरगन्ज महानगरपालिका २ बाट ट्रामाडोल हाइड्रोक्लोराइडको १ हजार ट्याबलेट लागुऔषध बरामद गरेको छ ।
बिरगंजको भगुवा नाकामा नं.१३ गण पर्साबाट सश्स्त्र प्रहरि नायब उपरिक्षक देवेन्द्र बहादुर सिंहको कमाण्डमा खटिएको टोलिले भारतबाट टाउकोमा बोकि नेपालतर्फ ल्याउँदै गरेको १ हजार ट्रामाडोल हाइड्रोक्लोराइड बरामद गरेको हो । लागुऔषध बोक्ने मानिस् शसत्र प्रहरिलाई देख्ने बितिक्कै फरार भएको र बरामद भएको लागुऔषध गरि आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाउने तयारी भैरहेको डिआईजी ढकालले जानकारी दिए ।