भूमिका उपाध्याय,
बर्दिबास (महाेत्तरी), ८ जेठ ।

प्रेस चाैतारी नेपालले यसै वर्ष (२०८२) अन्तर्राष्ट्रिय मिडिया सम्मेलन आयोजना गर्ने भएको छ । प्रेस चाैतारी नेपाल मधेश प्रदेश समितिकाे प्रथम बैठककाे आज महाेत्तरीकाे बर्दिबासमा उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष गणेश पाण्डेले यस्ताे घाेषणा गर्नुभएकाे हाे ।

“यसपालि हामी अन्तर्राष्ट्रिय मिडिया सम्मेलनकाे आयोजना गर्दैछौ” पाण्डेले भन्नुभयाे, “याे प्रेस चाैतारीकाे स्थापना दिवसकाे अवसरमा आउने माघमा आयोजना गर्नेछौ ।” याे सम्मेलनमा संसारभरिका मिडियासम्बद्ध सङ्घसंस्था र व्यक्तिव्यक्तित्वहरुकाे सहभागिता हुने पाण्डेले बताउनुभयाे ।
याे सम्मेलनले नेपाली मिडियाबारे अन्तर्राष्ट्रिय चासाे बढाउने अपेक्षा लिइएकाे उहाँकाे भनाइ छ ।

चाैतारी मधेशकाे बैठकमा नेपालमा आयोजना गरिने अन्तर्राष्ट्रिय सम्मेलनकै सेराेफेराेमा मधेश मिडिया समिटबारे तयारी गरिने निर्णय भएकाे छ ।
सम्पन्न बैठकमा चाैतारीका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारी र महासचिब हिरामान लामाले याे वर्ष सङ्गठनले प्रशिक्षण वर्षका रुपमा मनाउन लागिएकाे हुँदा मातहत सबै समितिहरु त्यसकाे तयारीमा लाग्न अपिल गर्नुभयाे ।

सम्पन्न बैठकले चाैतारी मधेशका संस्थापक अध्यक्ष स्व. फणिदेव महतकाे स्मृतिमा ‘फणिदेव महत स्मृति पत्रकारिता पुरस्कार’ काे घाेषणा गरेकाे छ । कदरपत्रसहित २५ हजार नगदकाे याे पुरस्कार मधेशका जनसराेकारका विषयमा कलम चलाउने पत्रकारलाई प्रदान गरिने चाैतारीका प्रदेश अध्यक्ष लालबाबु शेषले बताउनुभयाे । वार्षिक रुपले प्रदान गरिने याे पुरस्कारकाे छुट्टै काेष बनाइने चाैतारी मधेश प्रदेशले जनाएकाे छ ।

कैठकमा नेपाल पत्रकार महासङ्घकाे केन्द्रीय लेखा समितिका संयाेजक केसी लामिछाने, मधेश प्रदेशका अध्यक्ष श्याम वञ्जारासहित चाैतारीका मधेश प्रदेशभित्रका केन्द्रीय सदस्यहरुकाे उपस्थिति थियाे ।


२०८२ जेष्ठ ८, बिहीबार २३:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय