रामईश्वर ठाकुर,
बर्दिबास, ७ असार ।
महाेत्ततरीकाे बर्दिबासमा आज शनिबार विश्व याेग दिवसका अवसरमा रक्तदान गरिएकाे छ । लायन्स क्लव अफ बर्दिबासकाे आयोजनामा सम्पन्न कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रमकाे प्राविधिक व्यवस्थापन नेपाल रेडक्रस साेसाइटीले गरेकाे हाे ।

बर्दिबासमा रक्तदानबारे बढ्दाे सकारात्मक धारणाले यहाँ स्वेच्छिक रक्तदान गर्नेकाे सङ्ख्या उल्लेख्य रहेकाे रेडक्रस बर्दिबास उपशाखाले जनाएकाे छ । बर्दिबासका वित्तीय संस्थाहरु , सामाजिक सङ्घसंस्था र शैक्षिक संस्थानहरुले रक्तदानमा संस्थागत याेगदान दिदै आएका छन् ।

संस्थाहरुका वार्षिकाेत्सव, विभिन्न रक्तदाताहरुकाे जन्मदिन र राष्ट्रिय पर्वहरुका अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने यहाँ संसकृति नै स्थापित हुँदै गएकाे रेडक्रस बर्दिबास उपशाखाका सभापति भुवन खड्का बताउनुहुन्छ ।

लायन्स क्लव अफ बर्दिबास नगरक्षेत्रका सामाजिक गतिविधिमा सरिक हुँदै आएको सामाजिक संस्था हाे । आज विश्व याेग दिवसका अवसरमा मानव जीवनका लागि उच्चतम मानवीय सहयाेग मानिने रक्तदान आयोजना गरेर यो कार्यक्रमलाई समाजिक अभियानसँग जाेडिएकाे लायन्स क्लव अफ बर्दिबासका अध्यक्ष उमेशकुमार महताेकाे भनाइ छ


२०८२ असार ७, शनिबार २०:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय