
काठमान्डौ : लोकतान्त्रिक पत्रकार संघको केन्द्रीय समितिको बैठक काठमाडौंस्थित पार्टी कार्यालय बबरमहलमा सम्पन्न भएको छ । संघका अध्यक्ष कामरेन्द्र वर्माको अध्यक्षतामा बसेको उक्त बैठकमा संघको संगठनात्मक सुदृढीकरण र आगामी कार्यक्रमबारे महत्वपूर्ण निर्णयहरू गरिएका छन् ।
बैठकले संघको विधान पुनरावलोकन तथा सशक्तीकरणका लागि विधान अध्ययन समिति गठन गरेको छ । उक्त समितिमा केन्द्रीय सदस्य विजेता चौधरी, रानी पाल, र काठमाडौं जिल्ला अध्यक्ष प्रिन्सचन्द्र पाल रहेका छन् ।
बैठकमा आगामी साउन महिनामा आयोजना गरिने संघको पहिलो कार्यक्रमबारे पनि गम्भीर छलफल गरिएको बताइएको छ ।
बैठकपछि संघका पदाधिकारीहरूले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका थिए । भेटका क्रममा अध्यक्ष ठाकुरले संघलाई अगाडि बढाउन आफूहरूबाट सक्दो सहयोग गरिने प्रतिबद्धता जनाएका थिए । उनले भने, “संघलाई अघि बढाउनुहोस्, हामीबाट हुने सहयोग अवश्य हुनेछ।”
त्यस अवसरमा लोसपाका महासचिव तथा प्रवक्ता मनिष मिश्रले संघको कामलाई सकारात्मक रूपमा अगाडि बढाउन आग्रह गर्दै भने, “संघ राम्रोसँग अगाडि बढाउनुहोस्, हामी सधैं साथमा छौं।”
साथै लाेसपा केन्द्रीय सचिव अजय झाले पनि संघका पदाधिकारीकाे हाैसला बढाएका थिए ।
भेटमा संघका केन्द्रीय सदस्यहरू सुशमिता लाल, इन्जिनियर सतीश कुमार र सुरेन्द्र कुमार सिंहको समेत उपस्थिति थियो ।