रामईश्वर ठाकुर,
गाैशाला (महाेत्तरी), ३२ असार ।
मुलुककाे वामप्रजातान्त्रिक आन्दोलनका याेद्धा तथा सहकारी अभियानका अगुवा रामचन्द्र सिंह कुशवाहाकाे निधन भएकाे छ । महाेत्तरीकाे गाैशाला-१२ पडरियाका बासिन्दा कुशवाहाकाे उपचारकै क्रममा मङ्गलबार काठमाण्डाैकाे वीर अस्पतालमा निधन भएकाे हाे । कुशवाहा पछिल्लाे एक वर्षयता अर्वुद (क्यान्सर) पीडित हुनुहुन्थ्याे ।

विक्रम सम्वत् २०१५ साल मङ्सिरमा पिता रामेश्वर सिंह कुशवाहा र माता झलियादेवीका चार सन्तानमध्येका जेठा स्व. कुशवाहा २०३५/०३६ सालकाे ऐतिहासिक जनआन्दोलनबाट प्रजातान्त्रिक आन्दोलनमा जाेडिनु भएकाे थियाे । त्यतिखेर निर्मल लामाकाे प्रेरणाबाट तत्कालीन नेकपा (चाैथाे महाधिवेशन) मा आबद्ध हुनुभएका कुशवाहा त्यसयता निरन्तर पञ्चायतविरुद्ध सङ्घर्षमा हाेमिनु भएकाे थियाे । कुशवाहा पछिल्लाे कालमा नेकपा माओवादीकेन्द्रमा आबद्ध हुनुहुन्थ्याे ।
राजनीतिसँगै सामाजिक तथा सहकारी अभियानमा उहाँकाे सरिकता रहँदै आएको थियाे ।
कुशवाहा लामाे समयसम्म उखु उत्पादक सहकारी सङ्घकाे राष्ट्रिय अध्यक्ष, सहकारी विकास बाेर्ड र राष्ट्रिय सहकारी महासङ्घकाे सञ्चालक रहनु भएकाे थियाे ।

यसैगरी कुशवाहा जलेश्वर अस्पताल विकास समितिका अध्यक्ष, गाैशाला-१२ कान्तिबजारस्थित राष्ट्रिय माध्यमिक विद्यालयकाे संस्थापक अध्यक्ष र निगाैल गाई गाैशालाकाे सल्लाहकार हुनुहुन्थ्याे ।

कुशवाहाकाे निधनमा यहाँका राजनीतिक दलका नेताहरुले शाेक व्यक्त गरेका छन् । कुशवाहाकाे निधनमा नेपाली काँग्रेसका जिल्ला सभापति नागेश्वर यादव, नेकपा (एमाले)का अध्यक्ष बलिराम यादव र नेकपा माओवादीकेन्द्रका जिल्ला इञ्चार्ज प्रकाशहरि पाेखरेलले छुट्टाछुट्टै शाेक वक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभएकाे छ ।

स्व. कुशवाहाकाे आज बुधबार दिउँसाे उहाँकाे पैत्रिक ठाउँ महाेत्तरीकाे गाैशाला-१२ पडरियामै हिन्दू वैदिक परम्पराअनुसार अन्तिम संस्कार सम्पन्न भएकाे छ ।
स्व. कुशवाहाका एक पत्नी, दुई छाेरा, दुई छाेरीसहित नातिनातिना छन् ।


२०८२ असार ३२, बुधबार २३:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय