महोत्तरी, ३ साउन ।

प्राविधिक धारको कम्प्युटर इञ्जिनियरिङ्ग विषय पढीरहेका मटिहानी–८ स्थित श्रीराम माध्यमिक विद्यालयका विद्यार्थीले ल्यापटप पाएका छन् । विद्यार्थीको विषयसँगको अभ्यास सहज बनाउन र उनीहरुलाई प्रविधिसँग जोड्न मटिहानी नगरपालिकाले कम्प्युटर इञ्जिनियरिङ्ग विषयको पठनपाठन र अभ्यास थालेका २७ जना विद्यार्थीलाई शुक्रबार ल्यापटप वितरण गरेको हो ।

विद्यार्थीहरुलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा महोत्तरी–३ बाट प्रतिनिधिसभा सदस्य महन्थ ठाकुर, नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी,

महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ८ मा रहेको श्री राम माध्यमिक तथा प्राविधिक विद्यालयमा अध्ययनरत कक्षा ११ का २७ जना प्राविधिक धारका विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ।

शैक्षिक सत्र २०८१ मा प्राविधिक शिक्षामा नामाङ्कन गरिएका विद्यार्थीहरूलाई प्रविधिसँग जोड्ने उद्देश्यले उक्त ल्यापटप गरिएको हो।

उक्त ल्यापटप वितरण कार्यक्रम महोत्तरी क्षेत्र नं. ३ का प्रतिनिधिसभा सांसद एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी , मधेश प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी र मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले संयुक्त रुपमा प्रदान गर्नुभयो ।

ल्यापटप वितरण समारोहलाई सम्बोधन गर्दै लोसपा अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य ठाकुरले अबको पुस्तालाई सीपमूलक शिक्षामा जोड्नसकेमात्र मुलुकको समृद्धि अघि बढ्नससक्ने बताउनुभयो । “देशको समृद्धिका लागि युवा पुस्तालाई सीपमूलक शिक्षामा जोडेर व्यावहारिक ज्ञान दिन जरुरी छ” ठाकुरले भन्नुभयो “मटिहानी नगरपालिकाको यो कार्यले विद्यार्थीको हौसला बढाउनेछ ।”

यसैगरी समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री भण्डारीले विज्ञान र प्रविधिको युगमा विद्यार्थीहरूलाई प्राविधिक शिक्षामा जोड्नु भनेको देशको दक्ष जनशक्ति निर्माणमा सहयोग पुग्ने ठोस आधार भएको बताउनुभयो । यसैगरी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले नगरपालिकाको यो प्रविधिमैत्री पहलले विद्यार्थीहरूलाई प्राविधिक शिक्षातर्फ आकर्षित गर्ने बताउँदै आफूले पनि विद्यालय र नगरपालिकाको सहकार्यमा अझ प्रभावकारी योजना अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो ।

ल्यापटप पाएपछि कम्प्युटर इञ्जिनियरिङ्ग विषय पढीरहेका छात्रछात्राले आफ्‌नो अध्ययन र विषयगत दक्षता अभिवृद्धिमा अब थप सहज हुने बताएका छन् । “विद्यालयमा हउञ्जेल केही अभ्यास गरेपनि घरमा पर्याप्त गर्न पाएका थिएनौं, अब नियमित अभ्यासमा निकै सजिलो हुनेछ”छात्रा काजल ठाकुरले भन्नुभयो । यसैगरी अर्का विद्यार्थी मोहम्मद अशरद राजाले पनि ल्यापटप पाएपछि खुसी व्यक्त गर्नुभयो । अब आफूहरुलाई अनलाइन कक्षा लिन निकै सजिलो हुने विद्यार्थीको भनाइ छ । अहिले विद्यालयका कम्प्युटर इञ्जिनियरिङ्ग विषयका विद्यार्थी ल्यापटप पाएर दङ्ग छन् ।

म्टिहानी नगरपालिकाले नगरस्तरीय योजनाअन्तर्गत जोरकोषमा आधारित अत्याधुनिक मोडलका डेल ( म्भिि) कम्पनीका इन्टेल आई ५ का १३ औं शृङ्खलाका ल्यापटप विद्यार्थीलाई दिइएको छ । कार्यक्रममा नगरप्रमुख मण्डलले विद्यार्थीलाई प्रविधिसँग जोड्न ल्यापटपले सहयोग गर्ने विश्वास व्यक्त गर्दै नगरबाट यस्ता कार्यक्रममलाई निरन्तरता दिने बताउनुभयो ।


२०८२ श्रावण ३, शनिबार २०:१६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय