
नेपालवाणी नेटवर्क
जनकपुरधाम, श्रावण ।
सशस्त्र प्रहरी बलले सिरहाबाट ७ क्विन्टल १७ किलो गाँजा पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश सुखिपुरबाट खटिएको सशस्त्र प्रहरी र प्रहरी चौकी लर्कन्हाको संयुक्त टोलीले ७ क्विन्टल १७ किलो गाँजा पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले सिरहा जिल्लाको सुखिपुर नगरपालिका ४ पोखरीया स्थित घरबाट गोप्य सूचनाको आधारमा खानतलासी गर्दा लागु औषध गाँजा बरामद भएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए । सिरहा जिल्ला सुखिपुर नगरपालिका ४ पोखरीया मेदी यादवको घर खानतलासी गर्ने क्रममा प्लाष्टिकमा प्याक गरी बोरामा लुकाएर राखिएको २७ पोका लागुमा ७ सय १७ किलो गाँजा बरामद गरिएको हो ।
बरामद गरिएको गाँजालाई आवश्यक कानूनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय सिरहा पठाईएको सशस्त्र प्रहरी प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालय बर्दिबासले जनाएको छ । साथै घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य अघि बढाईएको पनि जनाएको छ ।