
अनिल कुमार साह
तिनकौरिया (धनुषा ) श्रावण ।
नेपालको सिमासंगै जोडिएको भारत स्थित मैनाथपुर बोर्डरमा सशस्त्र प्रहरीले चार राउण्ड गोली चलाएको छ । धनुषा जिल्लाको मैनाथपुर सिमावर्ती क्षेत्रसंग जोडिएको भारत विहार राज्य अनतर्गतको मधुवनी जिल्ला ग्रामपञ्चायत ६ मैनाथपुर सिमामा भारतीय एसएसबीले चार राउण्ड गोली चलाएको हो ।
मैनाथपुर सिमा क्षेत्रबाट किसानहरुले प्रयोग गर्ने खाद्य ल्याउने विषयमा भारतीय सशस्त्र प्रहरीसंग भएको विवाद पश्चात एसएसबीले चार राउण्ड गोली चलाएको हो । भारतीय व्यापारी लामोहन पासमानसंग भएको विवादमा अवस्थालाई नियन्त्रणमा लिन भारतीय एसएसबीको गोली चलाउदा भर्ता पासमानको दाहिने कम्मरमा गोली लागेको भारतीय सुरक्षा अधिकारीलाई उदृत गर्दै नेपाली सुरक्षाकर्मी अधिकारीले जानकारी दिए ।
भारतीय भारतीय एसएसबीले सुरक्षा अवस्था नियन्त्रणमा लिन चलाएको ४ राउण्डको गोली मध्ये दुई राउण्ड गोली भर्ता पासमानको कम्मरमा लागेको छ । हाल नेपाल स्थित विदेह नगरपालिका १ स्थित महिनाथपुर सिमा र भारत स्थित बोर्डर पूर्ण रुपेण बन्द गराईएको सशस्त्र प्रहरी मधेश प्रदेशका छिन्नमस्ता वाहिनी मुख्यालयका वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक कृष्ण ढकालले जानकारी दिए ।
साथै नेपालबाट भारत तथा भारतबाट नेपाल आउने सर्वसाधारणमा आवत–जावतमा समेत रोक लगाईएको सशस्त्र प्रहरी बल महिनाथपुरले जनाएको छ ।