महाेत्तरी, १८ साउन ।
महाेत्तरीकाे बर्दिबासस्थित लागुऔषध नियन्त्रण ब्युराेकाे शाखाले एक वर्षभित्र करिब तीन कराेड मूल्यकाे लागुऔषध बरामद गरेकाे छ ।
गत आर्थिक वर्ष २०८१/०८२ काे एक वर्षकाे अवधिमा याे रकमबराबरकाे विभिन्न लागुऔषध बरामद गरिएकाे ब्युराे शाखा बर्दिबासले जनाएकाे हाे । यस क्रममा ५५ जना पक्राउ परेका र लागुऔषध ओसरपसारमा प्रयाेग भएका विभिन्न १६ सवारीसाधन नियन्त्रणमा लिइएका ब्युराेकाे बर्दिबास शाखा प्रमुख प्रहरी नायब निरीक्षक सराेज अधिकारीले जानकारी दिनुभयाे ।

यस अवधिमा सबैभन्दा बढी परिमाणमा गाँजा बरामद भएकाे छ । यस अवधिमा गाँजा १५.१४ क्विण्टल बरामद भएकाे छ । गाँजा बरामदका क्रममा छ जना पक्राउ परेका र याे ओसारपसारमा प्रयाेग भएका तीन थान मिनीट्रक र तीन थान जीप नियन्त्रणमा लिइएका ब्युराेले जनाएकाे छ । बरामद गाँजाकाे अनुमानित मूल्य एक कराेड ९९ लाख हुने प्रनानि अधिकारीकाे भनाइ छ ।

यसैगरी साे अवधिमा इनफ्रेडिन नाउँकाे लागुऔषध ८५४ ग्राम बरामद भएकाे छ । याे बरामदीसँगै तीन महिला र दुई पुरुष गरी पाँच जना पक्राउ परेका छन् । याे लागुऔषधको अनुमानित मूल्य ६८ लाख ३२ हजार हुने ब्युराेले जनाएकाे छ ।
यस्तै गत आवमा खैराे हिराेइन लागुऔषध ५४९.८५ ग्राम बरामद गरिएकाे छ । यस क्रममा सबैभन्दा बढी तीन महिलासहित ३९ जना पक्राउ परेका छन् । जसमा दुई जना विदेशी नागरिक रहेका ब्युराेले जनाएकाे छ । याे लागुऔषध ओसारपसार गर्न प्रयाेग गरिएका चार थान माेटरसाइकल र दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएका छन् । यसकाे अनुमानित मूल्य ४६ लाख ७३ हजार हुने जनाइएकाे छ ।

यसैगरी लागुऔषधीजन्य एम्पुल तीन हजार १४४ बरामद गरिएका छन् । याेसँगै दुई जना पक्राउ गरिएका छन् भने दुई थान माेटरसाइकल नियन्त्रणमा लिइएकाे छ । यी एम्पुलकाे अनुमानित मूल्य १२ लाख ८० हजार हुने प्रनानि अधिकारीकाे भनाइ छ ।

यसैगरी साे अवधिमै काेडिन मिश्रित लागुऔषध सिरफ ३६४ बाेतल बरामद गरिएकाे ब्युराेले जनाएकाे छ । यसक्रममा तीन जना पक्राउ परेका छन् । याे लागुऔषध ओसारपसार गर्न प्रयाेग गरिएका दुई थान माेटरसाइकल नियन्त्रणमा लिइएका छन् । यसकाे अनुमानित मूल्य दुई लाख ७३ हजार हुने जनाइएकाे छ ।

यसरी गत आव २०८१/०८२ मा जम्मा दुई कराेड ९९ लाख ५८ हजारबराबरकाे लागुऔषध बरामद गरिएकाे ब्युराेले जनाएकाे छ ।
ब्युराेले आफ्नो कार्यक्षेत्रभित्रका महाेत्तरी, धनुषा, सर्लाही र सिन्धुलीसहितका जिल्लामा गरेकाे चेकजाँचका क्रममा याे सफलता पाइएकाे प्रनानि अधिकारी बताउनुहुन्छ ।


२०८२ श्रावण १८, आईतवार २०:२३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय