जनकपुरधाम, श्रावण ।

वकिल अर्थात न्याय सम्पादन गर्ने, कानुनलाई कानूनी भाषामा कानुनको चुरो कुरो जानेको र राज्यको न्याय प्रणालीलाई जीवन्तता दिने शक्ति व्यक्ति हो । अर्थात कानुनको कुरामा न्यायिक समाजमा रक्त सञ्चालनको काम गर्ने व्यक्ति हो । तर धनुषा जिल्लामा नेपाल बार एशोसिएशनका पदाधिकारी तथा वकिलहरु बलपूर्वक नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिको जग्गा कब्जा गर्न कुटपिट तथा जर्वरजस्ती गर्न थालेको छ ।

कानूनी रुपमा नेपाल पत्रकार महासंघ, मधेश प्रदेश समितिले नेपाल सरकार, गुठ्ठी संस्थान अधिनस्त जग्गा कानून सम्वत रुपमा २० वर्षको लिज सम्झौतापछि नेपाल बार एशोसिएशन धनुषाले जग्गा आफुहरुको रहेको भन्दै पार्किङ्ग स्थल बनाउने तथा तारबार गर्न किल्ला गाडेपछि दुईतर्फि विवाद भएको हो । ‘कानुनको अज्ञानता क्षम्य हुदैन’ भन्ने सिद्धान्त अरुलाई पढाउने कानून व्यवसायीहरुले नै स्वयं कानून सम्वत सम्झौता नमान्ने तथा पत्रकारलाई मुद्दा लगाईदिन्छु भन्दै धम्की दिने क्रममा दुई पक्षीय विवाद हुँदा ५ जना पत्रकार घाईते भएका छन् ।

घाईते हुनेहरुमा नेपाल पत्रकार महासंघ, प्रदेश समितिका अध्यक्ष श्याम कुमार बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) र पत्रकारद्वय दिवाकर साह, अनिल निराला घाईते भएका छन् । उनीहरुको उपचार मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भैरहेको छ ।

 

धनुषा जिल्ला जनकपुरधाम उप–महानगरपालिका स्थित राममन्दिर गुठ्ठी अन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णय अनुसार पत्रकार महासंघ मधेश प्रदेश समितिलाई २० वर्षको लिजमा प्रदान गरिएको छ । २०८२ जेष्ठ महिनाको ७ गते गुठ्ठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी नियमानुसार प्राप्त हुन आएको प्रस्ताव मध्येबाट पत्रकार महासंघले वार्षिक वहाल सबैभन्दा बढी रकम तीन लाख एक हजार उच्चत्तम मुल्याङकन भएर श्रावण १ गते गुठ्ठीबाट स्विकृत भएको थियो ।

सोही जग्गामा नेपाल बार एशोसिएशन जनकपुरधामले पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गर्न श्रावण २० गते सूचना नै जारी गरी २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङका लागि उर्दी जारी गरेको थियो । सोही अनुसार कानून व्यवसायी तथा बार सम्मिलित वकिलहरुले पत्रकार महासंघको जग्गाका तारबार लगाउने तथा किल्ला गाड्ने र पार्किङ्ग समेत जर्वरजस्ती गर्दै आएकोमा महासंघले त्यसको प्रतिरोध गरेकामा दुईपक्षीय मुटभेड भएको हो ।

 

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष श्याम प्रसाद बञ्जाराले गुठीसँग कानूनी विधिवत रुपमा सबै कानुनी प्रक्रिया पुरा गरेर सम्झौता भएसँगै विभिन्न प्रकारको खेल सुरु भएको बताए । अध्यक्ष बञ्जाराले भने, ‘बारले यो ठाउँमा कसैले पनि भवन बनाउनुहुँदैन, आउनुहुँदैन भन्ने पूर्वाग्रह ढंगले जुन व्यवहार गरेको छ । त्यो अत्यन्त आपत्तिजनक र घोर भत्र्सना योग्य छ ।’ धनुषाका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको रोहबरमा बसेर संवाद समेत भएको बताउँदै भने, ‘बारसँग हाम्रो मौखिक सम्झौतामा पछाडि पनि जग्गा छ, हामीले यो जग्गाको पछाडि रहेको जग्गाको प्रक्रिया बढाउनुस हामीले के गर्नुपर्छ गर्छौ । बाटोको समस्या हुन्छ भने हामी बाटो फुकाइदिन्छौँ भन्ने मौखिक सम्झौता भयो ।’

अध्यक्ष बञ्जाराले अनौपचारिक रुपमा हिजो मात्र यो जग्गामा रिट परेको आफूहरुलाई औपचारिक रुपमा जानकारी समेत नभएको बताए । उनले भदौ ५ गते दुवै पक्षलाई छलफलका लागि बोलाइएको अनौपचारिक रुपमा जानकारी भएपनि औपचारिक रुपमा कहिकतैबाट जानकारी नभएको बताए । ‘विद्वान अधिवक्ताहरुले यो ढंगले व्यवहार प्रदर्शन गर्नु, त्यो विद्वतामाथि गम्भीर प्रश्न चिन्ह खडा भएको छ’, उनले अगाडि भने, ‘कुनै पनि अर्थमा उहाँहरुको यो कामको कुनै पनि नागरिकले यो तहसम्म पुगेर अरुले कानुनी रुपमा प्राप्त गरिसकेको जग्गा आफ्नो भन्नु कहाँ सम्मको कुरा हुन्छ । अदालतले सबैलाई न्याय दिएकाले आफुहरु पनि न्याय पाउने आशावादी रहेको बताए ।’

 

नेपाल पत्रकार महासंघका महासचिव शैलेन्द्र महतो (क्रान्ति)ले श्रावण १९ गते महासंघको गुठी संस्थानसँग ४ कट्ठा जग्गाको सम्झौता भएको बताए । उनले भने, ‘नेपाल सरकार गुठ्ठी संस्थान अधिनस्त जग्गा अधिकारिक रुपमा हामीलाई प्रदान भएको छ । जसको प्रमाण हामीसंग सुरक्षित छ । हामीले कानूनी जटिलताहरुलाई पार गर्दै विधि सम्वत रुपमा पत्रकार महासंघको लागि जग्गा प्राप्ति गरेका छौं । यो जग्गामा जलजफती कसैले दाबी गरे हामीलाई मान्य हुने छैन् ।’

उनले जेठ ७ गते गोरखापत्रमा ३ वटा जग्गाको लागि सूचना प्रकाशित भएकोमा विभिन्न संघ संस्थाले प्रस्ताव पेस गरेकोमा प्राविधिक, आर्थिक प्रस्ताव पेस गरेपछि महासंघले भरेको प्रस्ताव पास भएको बताए । महासचिव क्रान्तिले अरुले भरेको प्रस्ताव फेल भएपछि गुठी संस्थानले महासंघले जग्गा पायो भनेर साउन २ गते गोरखापत्रमा सूचना प्रकाशन गरेको बताए । गुठीले साउन ९ गते जग्गा परेको भनेर सम्झौता गर्न पत्र पठाएकोमा साउन १९ गते सम्झौता गरेको बताए ।


२०८२ श्रावण २८, बुधबार १७:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय