बर्दिबास (महाेत्तरी), ३ भदाै ।

मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सूचनाकाे हक लाेकतन्त्रकाे आधारस्तम्भ हुने बताउनु भएकाे छ । आज १९ औं राष्ट्रिय सूचना दिवसका अवसरमा बर्दिबासमा सम्पन्न सूचनाकाे हक कार्यान्वयन अवस्थासम्बन्धी अन्तर्कृया कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले प्रदेश सरकार सूचनाकाे पहुँच प्रभावकारी बनाउन निरन्तर प्रयत्नशील रहेकाे बताउनुभयाे ।

प्रदेशकाे गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सरकारी कार्यालयमात्र नभइ गैरसरकारी सङ्घसंस्था, सामाजिक सङ्घसंस्था र जनसराेकारका सबै निकाय सूचनाकाे हक पहुँचमा सकारात्मक हुन पर्ने लेखीकाे भनाइ छ । सूचनाकाे हककाे प्रत्याभूतिले सुशासन, पारदर्शिता र जवाफदेहिताकाे अनुभूति दिलाउने उहाँले बताउनुभयाे ।

यस कार्यमा अन्य निकायभन्दा जननिर्वाचित प्रतिनिधि रहने निकाय बढी जिम्मेवार हुन पर्ने उहाँले बताउनुभयाे । त्यस अवसरमा मन्त्री लेखीले प्रदेशका सबै सरकारी कार्यालयलाई सूचना अधिकारीकाे व्यवस्था अनिवार्य गर्न र जनताले रितपूर्वक मागेका सूचना बिनाविलम्ब प्रदान गर्न निर्देशन गर्नुभयाे ।

कार्यक्रममा मन्त्रालयका उपसचिब ॐप्रकाश महताे, मधेश प्रदेश मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष सुरेशकुमार यादव र सूचनाकाे हकका लागि राष्ट्रिय महासङ्घ नेपाल मधेश प्रदेशका अध्यक्ष अजयकुमार साहले छलफलका लागि छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गर्नुभयाे । जसमा महताेले सूचनाकाे हकसम्बन्धी वैश्विक अभियान, यादवले सूचनाकाे हक कार्यान्वयनमा नेपाल र अन्य मुलुककाे अवस्था र साहले मधेश प्रदेशमा सूचनाकाे हक कार्यान्वयनकाे अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे हाे ।

कार्यक्रममा प्रदेशका सञ्चार र सूचनासम्बद्ध अधिकारी, सङ्घसंस्था र पत्रकारकाे सहभगिता रह्याे ।


२०८२ भाद्र ३, मंगलवार २०:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय