काठमाडौं । महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले चार वर्ष पुरा गर्दै पाचौं वर्षमा प्रवेश गरेको छ।

मूल सिद्धान्तको रुपमा पहिचान, संघीयता र लोकतान्त्रिक समाजवादलाई अंगीकार गर्दै, आजदेखि चार वर्ष अगाडि महन्थ ठाकुरको अध्यक्षतामा लोसपा नेपालको स्थापना भएको थियो।

लोसपा गठनसँगै, पार्टीले संघीयता, लोकतन्त्र र गणतन्त्रको संस्थागत गर्न सदन, सरकार र सडकबाट बारम्बार आवाज उठाएको छ। पार्टीका नेताहरुले मधेशी र उत्पीडित समुदायका पहिचान र अधिकारको सुनिश्चिततामा आफ्नो प्रतिबद्धता जनाएका छन्।

लोसपाका उपाध्यक्ष एवं प्रवक्ता डा.आभाष लाभले भने, “केही वर्ष अघि, आजकै दिन, मुलुकमा लोकतन्त्रलाई संस्थागत गर्ने, गणतन्त्रलाई सबल बनाउने र मधेशी जनताको अधिकार सुनिश्चित गर्ने संकल्पका साथ यो पार्टीको जन्म भएको थियो।”

उनले थपे, “हाम्रो यात्रा सरल थिएन। राजनीतिक उतारचढाव, चुनौती र आलोचनाबीच पनि हामीले सिद्धान्त र मूल्यबाट कहिल्यै सम्झौता गरेनौं। यही प्रतिबद्धता नै हाम्रो पुँजी हो। तर इतिहासलाई मात्र सम्झेर बस्नु हुँदैन। अझै राम्रो बन्नका लागि निरन्तर आत्मसमिक्षा र सुधार आवश्यक छ। अन्तमा, सबैलाई अनन्त शुभकामना।”


२०८२ भाद्र ९, सोमबार १७:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय