
नेपालवाणी नेटवर्क
जनकपुरधाम, भदौ ।
महोत्तरी प्रशासनले जलेश्वर कारागारबाट भागेका सम्पुर्ण कैदीलाई २४ घण्टा भित्र स्वच्छाले फर्कन अपिल गरेको छ ।
मंगलवार साँझ ७ बजेको समयमा कारागार कार्यालय महोत्तरी जलेश्वरबाट आन्दोलनको क्रममा अप्रत्यासित रुपमा बन्दी गृहमा भागमभाग मच्दा भागेका सम्पुर्ण कैदीहरुलाई स्वतःस्फूर्त रुपमा कारगार फर्किन अपिल गरिएको हो ।
साथै आफूखुसी स्वेच्छाले कैदीबन्दीहरु कारागारमा नफर्केमा कानुन बमोजिम सजायको व्यवस्था समेत हुने कारागार प्रशासकले जनाएको छ ।
जलेश्वर कारागारका ५सय ७७ मध्ये ५७६ कैदी वन्दी जेलबाट गएका थिए । १ जना जान नमानेपछि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा राखिएको थियो ।