भूमिका उपाध्याय,
बर्दिबास, २९ भदाै । जेन्जी आन्दोलनपछि बर्दिबासका सामाजिक सङ्घसंस्थाले नगर सरसफाइ र सानातिना निर्माण कार्यमा अग्रसरता देखाएका छन् ।
पछिल्लाे पटक आज आइतबार राेटरी क्लव बर्दिबास र राेट्रयाक क्लव बर्दिबासले बर्दिबासचाेककाे सडक पेटीकाे उद्यान सरसफाइ गरेका हुन् । राेटरी र राेट्र्याककाे आयोजना भएपनि स्थानीय सामाजिक सङ्घसंस्था र नागरिक समाजका प्रतिनिधिकाे कार्यक्रममा सहभागिता थियाे ।

यसअघि आन्दोलनका क्रममा ठाउँठाउँमा बालिएकाे टायरले प्रदुषित भएकाे नगरचाेक शनिबार पनि स्थानीय सामाजिक सङ्घसंस्थाले सरसफाई गरेका थिए । यस्तै गत मङ्गलबार आन्दोलनकारीले आगजनी र ताेडफाेड गरेर क्षति पुर्‍याएका बर्दिबासकाे भाेलावसन्तचाेकस्थित प्रहरी विट स्थानीय सामाजिक सङ्घसंस्थाले शुक्रबार नै पुन:निर्माण सम्पन्न गरेका छन् ।

सामाजिक सङ्घसंस्थाकाे याे पहलकदमीले विनास हैन, निर्माणतिर लाग्न र आफ्नो ठाउँ आफैले बनाउन पर्छ भन्ने सन्देश प्रवाहित गरेकाे नेपाल हाेटल तथा पर्यटन व्यवसायी सङ्घ महाेत्तरीका अध्यक्ष गुञ्ज कार्कीकाे प्रतिकृया छ ।


२०८२ भाद्र २९, आईतवार १८:५०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय