
नयाँ दिल्ली। नेपाल–भारत अन्तर्राष्ट्रिय सांस्कृतिक संगोष्ठी तथा स्वरचित कविता प्रतियोगिता शुक्रबार सुरजीत सिंह भवनमा सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता बहुआयामी सांस्कृतिक संरक्षण केन्द्र नेपालका अध्यक्ष डा. वीर बहादुर महतोले गरेका थिए।
पहिलो सत्रमा डा. महतोले नेपाल–भारतको सांस्कृतिक सम्बन्ध, लोकभाषा र रोटी–बेटी सम्बन्धबारे धारणा राखे। मौरिससबाट आएका समाजसेवी रोशन जितुन, प्राध्यापक डा. विजय वर्मा, अर्थशास्त्री डा. दिलीप कुमार, डा. उदयवीर सिंह, समाजसेवी सुरेन्द्र कुशवाहा लगायत वक्ताहरूले नेपाल–भारतबीचको सम्बन्ध, समाज र संस्कृतिबारे आ–आफ्ना विचार प्रस्तुत गरे।
दोस्रो सत्रमा “काव्य पाठ प्रतियोगिता” आयोजना भयो। निर्णायक डा. विजय वर्मा, डा. दिलीप कुमार र सुरेन्द्र कुशवाहाको निर्णयअनुसार दीपासिखा प्रथम, गीता कुमारी द्वितीय र अंशु कैन तथा अनुप यादव तृतीय घोषित भए।
कार्यक्रममा अनुप यादव, दिव्य लुणावत, गीता कुमारी, अमृता सिंह, खुशी कैन, दीपासिखा र डा. युवराजले कविता वाचन गरेका थिए। आयोजनामा इशिका चौधरी, विद्या भारती, मो. अमीरुद्दीन, मनिषा मौर्य, दीपासिखा र चन्दन सक्रिय रहेका थिए भने मिडियातर्फ हितेन्द्र (क्लाउड नेटवर्क न्युज) को पनि उल्लेखनीय योगदान रहेको थियो।