
काठमाडौ : देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहनुका साथै बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।
कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
राति पनि कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागमा केही स्थानमा मध्यम वर्षा हुन सक्ने बताइएको छ।