
सर्लाही : अविरल वर्षाका कारण सर्लाही चक्रघट्टा गाउँपालिका ८ औरहीका प्रहरी चौकी पटक पटक डुबानमा परेको छ।
पानीको निकास नहुँदा चौकीमा पानी जमेको प्रहरीले जानकारी दिएका छन्। चौकीको चारैतिर अग्ला घरहरू बन्दा चौकी होचो स्थानमा परेको हो। जसले गर्दा वर्षाको पानी निकास हुन नपाएको र चौकी होचो भइदिँदा बजारभरिको पानी यहाँ आएर जम्ने गरेको त्यहाँका प्रहरी इन्चार्ज दिगम्बर प्रसाद यादवले बताएका छन्।उक्त स्थानलाई अग्लो पार्न नसकिँदा पनि चौकीबाट पानी निकास हुन नसकेको हो । भवन पुरानो संगै जलमग्न भएकाले यहा सर्प र किराको जोखिम बढेका कारण अहिले उनी हरु बस बस्न बध्य भएका चौकी इन्चार्ज यादवले बताएका हुन । यादव का आनुसार थोरै बर्षा भए पनि यहाँ चौकी भरी पानी पस छ । र हामी ले पटक पटक पम्पसेट लगाएर पानीको निकस गर्नु पर्छ, चौकीमा हाल प्रहरी र अस्थानिय को सहयोगमा पम्पसेट लगाएर पानी निकास गर्ने काम भैरहेको छ।