अनिल कुमार साह
तिनकौरिया (धनुषा) असोज ।

धनुषाको विदेह नगरपालिकाबाट एक जना युवकलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । धनुषाको ईलाका प्रहरी कार्यालय खजुरी माहतहको प्रहरी चौकी ठाढीले चेकजाँचको क्रममा आईतबार दिउँसो ब्राउन सुगर सहित एक युवकलाई पक्राउ गरेको हो ।


पक्राउ पर्नेमा सर्लाहीको क्षिदेश्वर भन्ने ठाँउका अन्दाजी २० वर्षिय नन्दु साह सहनी रहेको प्रहरीले जनाएको छ । नियमित चेकजाँचको क्रममा शंका लागेपछि ठाढी प्रहरी चौकीको गेट अगाडी नै पक्राउ गरिएको हो । प्रहरी चौकी प्रमुख प्रहरी सहायक नीरिक्षक सुरेश कुमार सिंहको कमाण्डमा खटेको टोलीले सहनीलाई पक्राउ गरी खानतलास गर्दा ब्राउन सुगर भेटिएको हो ।

भारत महिनाथपुरबाट ब्राउन सुगर सहित नेपाल तर्फ आउँदै गर्दा सहनीलाई ९.१८० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषा पठाईएको छ । सहनीको लागुऔषध कारोबारमा मुद्दा जिल्लाबाटै चलाईने समेत चौकी ईन्चार्ज सिंहले बताए ।


२०८२ आश्विन २७, सोमबार ०९:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय