गोविन्द महतो
जनकपुरधाम, कार्तिक ।

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल)ले सपथसंगै पदभार ग्रहणको पहिलो निर्णयमा ‘हेल्लो सिएम’ सुचारु गर्ने निर्णय गरेको छ । विहिवार मुख्यमन्त्री पदको सपथसंगै पदभार ग्रहण गरेका मुख्यमन्त्री सोनलले मधेशको पहिलो मुख्यमन्त्री लालबाबु राउत गद्दीले सुचारु गरेको ‘हेल्लो सिएम’ एप पुनः सुचारु गर्ने निर्णय गरेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मुख्यमन्त्री बनेका सोनलले भोजपुरी भाषामा सपथ लिएर जनकपुरधामको मुजेलिया स्थित शहिद स्मारक पुगेका उनले शहिद शालिकमा माल्यार्पण गरेका थिए । मुख्यमन्त्रीसंगै विना विभागीय मन्त्री महेश प्रसाद यादव र कनिष पटेल मन्त्री मन्त्रीमा सहभागि भएका छन् ।

पद तथा गोपनीयताको सपथपछि पदभार ग्रहण गरेका सोनलले प्रदेशको जनताको गुनासो, भनाई र विचार प्रत्यक्ष रुपमा राख्न पाओस त्यसका लागि ‘हेल्लो सिएम’ एप सुचारुको तयारी गरिएको बताए । उनले पदभार ग्रहरण गरेपछि निर्णयहरु मन्त्रिपरिषद्को बैठकबाट हुने भएकाले सबैभन्दा पहिले एप निर्माण गर्ने बताए ।

मधेस प्रदेश सरकारको पहिलो कार्यकालमा तत्कालिन मुख्यमन्त्री लालबाबु राउतले समेत हेल्लो सिएम एप बनाएका थिए । हिंसामा परेको महिलाको सुरक्षाका लागि एप निर्माण गरेका थिए तर उक्त एप सार्वजनिक भएको केही दिनमै प्लेस्टोरबाट हराएको थियो ।

५ दलको ५६ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सहित १२ वटै मन्त्रालय आफ्नो मातहतमा राखेका छन् । राजनीतिक दलमा भागवण्डा मिलेपछि विना विभागीय मन्त्री एव थप मन्त्री थप्ने योजना रहेको छ ।


२०८२ कार्तिक १, शनिबार १५:३५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय