नेपालवाणी नेटवर्क
जनकपुरधाम, कार्तिक ।

जनकपुरधामकी एक शताब्दी नाघेकी आमालाई सम्मान गरिएको छ । जनकपुरधाम उप–महानगरपालिका १४ मेजेलियाकी १०० वार्षिय अर्थात शताब्दी नाघेकी आमालाई समाजसेवी ब्रह्मदेव मिश्रले सम्मान गरेको हो । समाजसेवी मिश्रले सम्मानका साथै आर्शिवाद समेत लिएका हुन् ।

शनिवार जनकपुरधाम उप–महानगरपालिका १४ स्थित मुजेलियाकी रामरती देवी साहलाई वहाँकै निवास पुगी समाजसेवी मिश्रले दोसल्ला सहित सम्मान गरेको थियो । सो अवसरमा वहाँहरु अझै निरन्तर सु–स्वास्थ्य, दिघायूको कामना गरे ।

समारोहमा मिश्रले पुस्तान्तरणको एउटा नमूनाको रुपमा अहिलेको यूगमा १०० वर्षको आयुमा वहाँबाट धेरै प्रेरणा तथा ज्ञान र सिपका कुराहरु सिक्न सकिनेछ ।’ साथै पहिलेको घरपरिवार तथा सरसमाजको बनावट तथा अहिलेको समाजसंगको पुस्तान्तरणको अमुल्य कुराहरु सुन्नु र बुझन पर्नेमा मिश्रको जोड थियो ।

मिश्रले समाजसेवी दानवीर परिवारले ममतामयी आमाको उमेर १०० बर्ष (शताब्दी ) नाघेको सुखद उपलक्ष्यमा खुसीयाली मनाउन शौभाग्य पाएकोमा साह परिवारलाई बधाई दिए । माता श्री रामरती देवी जनकपुरधाम संस्थापनका दानवीर स्व. रामसागर साहकी बुहारी, समाजसेवी स्व. फुलगेन साहकी धर्म पत्नी हुन । उनको सुपुत्रहरू प्रभाकर साह, दिवाकर साह र विद्याकर साह रहेका छन् ।

सोही अवसरमा रामरती देवीले उपस्थित अतिथिहरूलाई आशिर्वाद स्वरुप धार्मिक पुस्तक वितरण गरेका छन । कार्यक्रममा स्थानीय समाजसेवी, बुद्धिजीवी, राजनैतिककर्मी, तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति समेत थियो ।

सहभागी सबैले रामरती देवी साह ज्यूको समाजसेवाको निरन्तर प्रेरणादायी योगदानको प्रशंसा गर्दै उहाँको दीर्घजीवन र परिवारको सुख, समृद्धि तथा स्वास्थ्यको कामना सहित उहाँसंग आशीर्वाद लिए ।


२०८२ कार्तिक १, शनिबार १५:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय