रौतहट : रौतहटको गौर दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौंतर्फ जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनापछि मधेस प्रदेश सरकार सक्रिय भएको छ। दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार तीव्र रूपमा भइरहेको छ।

मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा कुनै पनि असुविधा नहोस् भनेर चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गणेश आर्यालसँग सीधा समन्वय गरेका छन्।

मुख्यमन्त्री सोनलले भने, “घाइते यात्रुहरूको उपचारमा कुनै कमी हुन दिइने छैन। प्रदेश सरकार पूर्ण रूपमा तयार छ, आवश्यक सहयोग तुरुन्त उपलब्ध गराइनेछ।”

हालसम्म प्राप्त जानकारी अनुसार, १५ जना घाइते चितवन मेडिकल कलेजमा, १३ जना नेसनल सिटी अस्पतालमा र ५ जना भरतपुर अस्पतालमा उपचाररत छन् — कुल ३३ जना घाइतेको उपचार भइरहेको छ।

दुर्घटनाको खबरले सम्पूर्ण समुदायलाई दुःखी बनाएको छ। मुख्यमन्त्री सोनलले सबै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।


२०८२ कार्तिक १४, शुक्रबार १२:१५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय