नेपालवाणी ठटकम
जनकपुरधाम, कार्तिक ।
मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र ९सोनल० प्रसाद सोनारले विश्वासको मत लि मधेश प्रदेशसभामा पत्र पठाएको छ । गत असोज ३० गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले झण्डै एक महिना पश्चात विश्वासको मत लिन लागेको हो ।
मधेश प्रदेशसभाका महाशाखा प्रमुख होमनाथ पहाडीलाई सरकारका विना विभागीय मन्त्री महेश प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जयनूल राईनले विश्वासको मत लिन प्रदेशसभामा अधिकारिक पत्र बुझाएका हुन् ।
मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्नका लागि आवश्यक व्यवस्था मिलाईदिन हुन व्यहोराको पत्र पठाएको छ ।



