नेपालवाणी नेटवर्कजनकपुरधाम/ कार्तिक

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र (सोनल) प्रसाद सोनारले विश्वासको मत लिने भएको छ । गत १७ गते मधेश प्रदेशसभामा आधिकारिक पत्र पठाएर बिश्वासको मत लिन व्यवस्था मिलाई दिन अनुरोध गरेको थियो ।

गत असोज ३० गते मुख्यमन्त्रीमा नियुक्त भएका सोनलले झण्डै एक महिना पश्चात विश्वासको मत लिन लागेको हो ।
मधेश प्रदेशसभाका महाशाखा प्रमुख होमनाथ पहाडीलाई सरकारका विना विभागीय मन्त्री महेश प्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता जयनूल राईनले विश्वासको मत लिन प्रदेशसभामा अधिकारिक पत्र बुझाएका थिए ।

मुख्यमन्त्री सोनारले नेपालको संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेको हो ।


२०८२ कार्तिक २२, शनिबार १०:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय