मंसिर ३ गते (बुधबार)

सर्लाहीको बागमती नगरपालिका–११, रायमाझी चोक नजिक कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा बागमती नगरपालिका–४, प्रसाई टोल बस्ने ५० वर्षीय केशव शिवाकोटीको मृत्यु भएको हो । शिवाकोटीलाई मङ्गलबार राति बागमतीमा बालाचतुर्दशी मेला हेरेर घरतर्फ फर्कदै गर्दा नम्बर खुल्न नसकेको कारले ठक्कर दिएको इलाका प्रहरी कार्यालय कर्मैयाले जनाएको छ ।

कारको ठक्करबाट गम्भीर घाइते भएका शिवाकोटीको उपचारका क्रममा बुधबार बिहान न्यूरो अस्पताल वीरगन्जमा मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको कारले बागमती प्रदेश ०३–००१ ख ३४५५ नम्वरको यात्रुबाहक बसलाई समेत ठक्कर दिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय हरिवनका निमित्त प्रमुख एवं बरिष्ठ प्रहरी नायब निरीक्षक दीपेन्द्र मल्लले दुर्घटनामा संलग्न कारको खोजी भइरहेको बताए । उनले दुर्घटना गराएर फरार कारको लगभग पहिचान भइसकेको बताए । साथै घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।


२०८२ मंसिर ३, बुधबार ११:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय