गोविन्द महतो / जनकपुरधाम

मधेश सरकारको सत्ता साझेदार दल जनमत पार्टीले सरकारबाट बहिरिने धम्की दिएको छ । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष ईन्जिनयर बसन्त कुशवाहाले भागवण्डाको नाममा जनमतले पार्टीको उपस्थिति सरकारमा दयनिय अवस्थामा गए सरकारबाट बाहिरिने धम्की दिएको हो ।

जनमतका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष कुशवाहाले समाजिक संजाल फेसबुक मार्फत भनेका छ्न ” मधेश प्रदेश सरकारमा जनमत पार्टीको उपस्थिति दयनीय अवस्थामा आइपुगेको छ। आर्थिक वर्ष २०८२/०८३ मा हामीले उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय अन्तर्गत १०औ हजार रोजगारी सृजना गर्ने कार्यक्रम बजेटमा विनियोजन गरेका छौ । तर भागवन्डाको नाममा अरुलाई त्यो मन्त्रालय दिनु भनेको सम्पूर्ण रोजगारी कार्यक्रमलाई अल्पत्र पार्नु हो । ”

उनले जनमत पार्टीको उदेश्य बमोजिम सरकारमा सुनिश्चिता नभए मधेश प्रदेश सरकारबाट जनमत पार्टी अलग हुन तैयार हुनुपर्ने तर्क गरेको छ । सोमबार भएको मन्त्री परिषद बिस्तारको भागमा उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालय माओवादी केन्द्रको भागमा परेको छ । जसले जनमत असन्तुष्ट छ ।

मुख्यमन्त्री कृष्ण प्रसाद यादवले सोमबार मन्त्री परिषद् बिस्तार गरेर ६ सदस्यीय बनाएको छ । अझै ६ मन्त्रालय मुख्यमन्त्री यादवले आफ्नो मातहत ल्याएको छ।


२०८२ पुष २, बुधबार १७:२१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय