नेपालवाणी डटकम
जनकपुरधाम, पुस ।
द आर्ट अफ लिभिङ जनकपुरधामको आयोजनामा जनकपुरधामको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको जानकी मन्दिरको प्राङ्गणमा विशेष ध्यान दिवस सम्पन्न भएको छ । द आर्ट अफ लिभिङका वरिष्ठ प्रशिक्षक गुरुदेव ब्रह्मचारी चैतन्य तथा शैलेन्द्र हमालको नेतृत्वमा जनकपुरवासीलाई स्वच्छताको सन्देश दिए । ब्रह्मचारी चैतन्यले भने, ‘जनकपुरधाम माता जानकीको पवित्र घर हो । देवीको घर सधैं स्वच्छ, सुन्दर र पवित्र हुनुपर्छ । केवल कुरा गरेर होइन, ठोस कार्यवाट मात्र वास्तविक परिवर्तन सम्भव हुन्छ ।’
श्री चैतन्यले जनकपुरका सम्पूर्ण नागरिकहरु, गैरसरकारी संस्था, सामाजिक तथा आध्यात्मिक संघ–संस्थाहरुलाई एकजुट भई जनकपुरलाई स्वच्छ राख्न आह्वान गरे । उनले स्वच्छता केवल सरकारको जिम्मेवारी मात्र नभई, हरेक नागरिकको सामूहिक दायित्व भएको कुरा स्पष्ट पारे । उनले ‘स्वच्छ जनकपुरधाम अभियान’ अन्तर्गत सेवामूलक परियोजनामा जोडिन चाहने सबै व्यक्ति तथा संस्थाहरुलाई नजिकको स्थानीय आर्ट अफ लिभिङ केन्द्रमा सम्पर्क गरी अभियानमा सहभागी हुन अपिल गरे । उनले भने, ‘समाजका सम्पुर्ण अव्यवहरु मिलेर जनकपुरधामलाई स्वच्छ, सुन्दर र आदर्श तीर्थ नगरी बन्नेगरी हातेमालो गर्न जरुरी छ ।’

स्वयंमसेवक तथा कार्यक्रमका उदघोषणक ईन्जिनियर ओम साहले नेपाल ध्यान र आन्तरिक आध्यात्मिक अभ्यासको केन्द्र भएको बताए । उनले भने, ‘शान्ति, करुणा र ध्यानका सिद्धान्तहरु विश्वमा फैलाउने भगवान गौतम बुद्धको जन्म लुम्बिनीमा भएको तथ्यले ध्यानलाई नेपालको सांस्कृतिक र आध्यात्मिक पहिचानसँग गहिरो रुपमा जोड्छ ।’
गुरुदेव रविशंकरको नेतृत्वमा संयुक्त राष्ट्र संघको मुख्यालय सहित एकै समयमा १८० देशका ८५ लाख भन्दा बढी व्यक्तिहरूले ध्यान अभ्यास गरिएको आयोजक समितिका स्वयंमसेवक ई. ओम साहले जानकारी दिए । जसले नयाँ गिनिज वल्र्ड रेकर्ड समेत कायम गरिएको छ ।
सन् १९८१ मा गुरुदेव रविशंकरद्वारा स्थापना गरिएको द आर्ट अफ लिभिङ फाउन्डेसन विश्वव्यापी गैर–नाफामूलक आध्यात्मिक, शैक्षिक तथा सामाजिक संस्थाको रुपमा परिचित छ । हालसम्म १८० भन्दा बढी देशमा सक्रियताबाट ५० करोडभन्दा बढी मानिसहरु लाभान्वित भइरहेको दाबी छ । द आर्ट अफ लिभिङ फाउन्डेसन नेपालमा २५ वर्षदेखि योग, ध्यान, मानसिक कल्याण, युवा नेतृत्व विकास तथा सामाजिक सेवाका क्षेत्रमा योगदान पु¥याउँदै आएको छ । संस्थाको मूल ध्येय ‘तनावमुक्त मन र हिंसा–मुक्त समाज निर्माण’ छ ।
धार्मिक, शैक्षिक र सामाजिक क्षेत्रलाई एकै थलोमा जोड्दै समाजमा शान्ति, सद्भाव र मानसिक सन्तुलन प्रवद्र्धन गर्ने विश्वास लिई संयुक्त राष्ट्रसंघले सन् २०२४ मा विश्व ध्यान दिवसलाई औपचारिक मान्यता दिएको थियो ।

