नेपालवाणी डट्कम
जनकपुरधाम, माघ ।
महोत्तरी क्षेत्र नम्बर १ मा नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट पुर्व मन्त्री गिरिराजमणि पोखरेलले प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन्। पुर्व शिक्षामन्त्री समेत रहेका पोखरेल आफ्नो दलबल सहित महोतरीको बर्दिवास स्थित निर्वाचन आयोगको कार्यालय पुगि मनोनयन दर्ता गराएका हुन् ।
यसअघि पोखरेल महोत्तरीको क्षेत्र न १ बाट प्रथम सविधानसभा, दोश्रो सविधानसभाको निर्वाचनमा विजयी भएका थिए । यसैगरी २०७९ को निर्वाचनमा तत्कालिन नेकपाबाट प्रतिनिधिसभा सदस्यामा निर्वाचित भएका थिए भने २०७९ को निर्वाचनमा नेकपा एमालेका लक्ष्मी महतोसङ पराजय भोग्नुपरेको थियो । उनी झण्डै एक हजार मतका साथ पराजय भोग्नु परेको थियो ।

